बुधबार, वैशाख १२, २०८१

नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा थप चार जिल्लामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले स्थानीय तह अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार नेपाल इन्भेष्टमेण्ट बैंकले जुम्ला, बझाङ, प्यूठान र दाङमा गरी चारवटा जिल्लामा थप शाखा विस्तार गरेको छ । 

जुम्लाको हिमा गाउँपालिका स्थित कालीकाखेतु, बझाङको केदारसीउ गाउँपालिका स्थित झोता, प्यूठानको नौबहिनी गाउँपालिकास्थित बाहाने र दाङको शान्तिनगर गाउँपालिकास्थित शान्तीनगरमा क्रमशः ७४औं, ७५औं, ७६औ र ७७ औं शाखा खोलेको हो ।

अब प्रदेश नम्वर १ मा ९ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्वर ३ मा ३५ वटा, प्रदेश नम्वर ४ मा ६ वटा, प्रदेश नम्वर ५ मा ११ वटा, प्रदेश नम्वर ६ मा ५ वटा र प्रदेश नम्वर ७ मा ५ वटा शाखा पुगेको छ । 

४५ वटा जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उदेश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई तीन अर्ब ७६ करोड लगानी गरेको छ । 

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १०१ वटा एटिएम पुगेको छ भने ७ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको ५७ वटा शाखा रहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य रहेको बैंकको एटिएम रहेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्