मंगलबार, वैशाख ११, २०८१

मध्यपश्चिम विश्वविद्यालयले आन्दोलनरत विद्यार्थीका माग पूरा गर्न नसक्ने

मध्यपश्चिम विश्वविद्यालयले विद्यार्थीका सम्पूर्ण माग पूरा गर्न नसक्ने जनाएको छ।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं- मध्यपश्चिम विश्वविद्यालयले विद्यार्थीका सम्पूर्ण माग पूरा गर्न नसक्ने जनाएको छ। विश्वविद्यालयले चार विद्यार्थी संगठन, नेविसंघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी, अनेरास्ववियु र अखिल (छैटौं) ले राखेका १८ बुँदे मागहरुमध्ये अनलाइन परीक्षाको मागको सम्बन्धमा विगतको अनुभव, उपलब्ध प्रविधि र यसको पहुँच, शैक्षिक गुणस्तर, बैधानिकता तथा विद्यार्थीको भविष्यलाई समेत मध्यनजर गर्दै विश्वविद्यालयले माग पूरा गर्न नसक्ने जनाएको हो।

अन्य मागहरुका सम्बन्धमा केही माग विश्वविद्यालयले पहिले नै पूरा गरिसकेको र बाँकी मागहरु आपसी संवाद, सहमति र छलफलमार्फत् पूरा गरी विश्वविद्यालयको शैक्षिक वातावरण सहज बनाउने जनाएको छ।

प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल राष्ट्रिय प्राध्यापक संघले राखेका मागहरुमध्ये कारबाहीमा परी बर्खास्त भएका प्राध्यापकको पुनर्वहाली विश्वविद्यालयले गर्न नसक्ने र सम्पूर्ण आंशिक प्राध्यापकलाई करार तथा करारलाई स्थायी गर्न नसकिने तर विश्वविद्यालयमा उपलब्ध दरबन्दी र आवश्यकताअनुसार विश्वविद्यालयबाट क्रमिक रुपमा प्रक्रिया अगाडि बढाउन सकिने जनाएको छ।

प्रकाशित: Aug 05, 2021| 19:08 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्