शनिबार, वैशाख ८, २०८१

डा केसीले भने- 'वार्तामा बस्न तयार छु'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- १२ दिनदेखि अनशनरत डा. गोविन्द केसीले आफू वार्ताका लागि तयार रहेको बताएका छन् । डा. केसी वार्तामा बस्न तयार नरहेको सरकारी भनाईको बाहिर आइरहेका बेला डा केसीले त्यसको खण्डन गर्दै आफू वार्ताका लागि तयार रहेको बताएका हुन् । 

बुधबार एक विज्ञप्ती जारी गर्दै उनले सरकारले बोलाएको खण्डमा वार्ता टोली पठाउन आफू तम्तयार रहेको जनाएका छन् । उनले सरकार संवेदनहीन र गैर जिम्मेवार बन्दै गइरहेको समेत आरोप लगाएका छन् । दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी सोच्न पनि उनले सरकारलाई सुझाएका छन् ।

चिकित्सा शिक्षा ऐन तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु हुनुपर्ने लगायत माग राखेर जुम्लामा १२ दिनदेखि अनशन बसिरहेका डा केसीको स्वास्थ्य अवस्था विग्रिदै गएको छ । 

रगतमा म्याग्नेसियमको मात्रा घट्दै गएको, मुटुको चाल तलमाथि भइरहेको, छातीको बीच भागमा दुखाइ, कमजोरी, चक्कर लाग्ने, रगतमा चिनीको मात्रा घट्दै गएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि स्पेशल केयर युनिटमा राखेर मनिटरिङ भइरहेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।