शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कान्तिपुर र काठमाडौं पोस्टका सम्पादकले अचानक किन दिए राजीनामा ?

कान्तिपुर र काठमाडौं पोस्टका सम्पादकले अचानक किन दिए राजीनामा ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं: व्यवस्थापनको हस्तक्षेपपछि कान्तिपुर मेडिया ग्रुपका प्रकाशन कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र काठमाडौं पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले राजीनामा दिएका छन्। 

सम्पादकीय नेतृत्वसँग सामान्य परामर्श पनि नगरी भारतीय लगानी भित्राएपछि असन्तुष्टी जनाउँदै दुवैले एकसाथ राजीनामा दिएका हुन्। केही दिनदेखि नै व्यवस्थापन पक्ष र सम्पादकीय नेतृत्वबीच असमझदारी बढेको स्रोतले बतायो।

भारतको प्रतिष्ठित दैनिक टाइम्स अफ इन्डियाका रजनिशलाईअध्यक्ष कैलाश सिरोहियापछिको वरियतामा रहने गरी कार्यकारी नेतृत्वमा ल्याएपछि केही दिनदेखि नै व्यवस्थापन पक्ष र सम्पादकीय नेतृत्वबीच असमझदारी बढेको स्रोतले बतायो।शर्मा झन्डै एक दसकदेखि निरन्तरकान्तिपुरको सम्पादकीय नेतृत्वमा थिए।

जनरल म्यानेजरअन्तर्गत सम्पादकलाई राख्‍ने व्यवस्थापनको नीतिगत निर्णयपछि नै व्यवस्थापन र सम्पादकबीच टकराव बढेको थियो। स्रोतका अनुसार भारतीय पक्षले आफ्नो लगानीको आकार बढाउँदै तीस प्रतिशतमा पुर्‍याएको छ। त्यसको व्यवस्थापकीय असर न्यूज रुममा परेको बुझिएको छ।

दुवै प्रधानसम्पादकको राजीनामापछि सम्पादकीय नेतृत्वका बारेमा व्यवस्थापनले न्यूज रुमलाई कुनै जानकारी दिएको छैन। शर्मा बाहिरिएसँगै कान्तिपुर दैनिकको कार्यभार तत्कालका लागि सम्पादक हरिबहादुर थापाले सम्हाल्ने बुझिएको छ। राजीनामापछि कान्तिपुर न्यूजरुममा अन्योल बढेको छ। 

राजीनामाको बारेमा दुवै सम्पादकले केही बताएका छैनन् । तर सहकर्मीहरुसँग अनौपचारिक कुराकानीमा उनीहरुले न्यूज रुममा व्यवस्थापकीय प्रभाव बढ्दै गएको संकेत गरेका छन् । उनीहरुले सहकर्मीहरुसँग भनेका थिए, 'अब कान्तिपुर पहिलेजस्तो रहेन ।'

स्रोतका अनुसार चीनतर्फ ढल्किएको सम्पादकीय नीति र कैलाशले भित्राएको भारतीय लगानीको प्रभाव नै राजीनामाको कारण हो । त्यसमा सरकारकोसमेत असन्तुष्टी जोडिएको स्रोतको दाबी छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।