शनिबार, वैशाख ८, २०८१

छ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
चितवन- पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक ६ घण्टा पछि खुलेको छ ।

बिहान पाँच बजे खसेको पहिरो स्काभेटरले ६ घण्टा लगाएर पन्छाएपछि बिहान ११ बजेबाट खुलेको हो । सडक दुईतर्फी रुपमा नै सञ्चालमनमा आएको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ । 

पहिरो पन्छाएर सडक खुलाएपछि अहिले सवारीसाधन तथा यात्रु आ(आफ्नो गन्तव्यतर्फ लागेका छन् । भरतपुर महानगरपालिका–२९, घुमाउने, टोपे खोला र जलवीरेमा गरि ३ ठाउँमा पहिरो खसेको थियो । पहिरोका कारण बाटो अवरुद्ध हुँदा सयौँ सवारी साधन र हजारौँ यात्रु बिचबाटोमा नै अलपत्र परेका थिए । 

विगत दुई दिनदेखि लगातार पानी परिरहेकाले नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोको जोखिम बढेको छ । सडकका जुनसुकै ठाउँमा पहिरो खस्न सक्ने भन्दै प्रहरीले उच्च सतर्कता अपनाउन यात्रु र चालकलाई आग्रह गरेको छ । असार महिना लागेदेखि हरेक दिनजसो मुग्लिन सडक बन्द हुँदै आएको छ । 

सडक विस्तार गरेर स्तरोन्नति गरिए पनि यो सडक खण्डमा पहिरो जानेक्रम भने रोकिएको छैन । सरकारले उच्च जोखिमको सडक भित्र यस सडकखण्डलाई पनि समावेश गरेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।