पाँचथर–चैते भीरमा भएको जीव दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् ।
पाँचथरको च्याङथापुबाट बिर्तामोर्डका लागि छुटेको मे १ ज २०५१ नम्बरको जीप चैतले भीरमा दुर्घटना हुँदा ४३ वर्षका कैलाश अधिकारीको घटनास्थलमै मृत्यु भएको छ ।
जीपमा सवार नौ जना घाइते भएका छन् । जीपमा १० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक बामदेव गौतमले नेपाल समयलाई जानकारी दिए ।
घाइतेको उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल पुर्याउने काम भइरहेको गौतमले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४