शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सार्क चेम्वर अफ कमर्स नवीकरण गर्न प्रधानमन्त्री देउवालाई आग्रह

सार्क चेम्वर अफ कमर्स नवीकरण गर्न प्रधानमन्त्री देउवालाई आग्रह

सार्क प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग सार्क चेम्बर अफ कमर्सलाई नवीकरण गर्न आग्रह गरेको छ।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं- सार्क प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग सार्क चेम्बर अफ कमर्सलाई नवीकरण गर्न आग्रह गरेको छ।

triton college

बिहीबार सार्कको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई भेटी सार्क राष्ट्रहरुबीच व्यापार प्रवर्द्धनको राम्रो भूमिका निर्वाह गर्दै आएको सार्क चेम्बर पछिल्लो समय नवीकरणसमेत हुन नसकेर निष्क्रिय अवस्थामा रहेको भन्दै यसलाई आगामी दिनमा बस्ने मिनिस्टर काउन्सिलको बैंठकबाट नवीकरण गरिदिन आग्रह गरेको हो। 

सार्क चेम्बरका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा गएको प्रतिनिधिमिण्डलले प्रधानमन्त्री देउवासँग भेट गरेको हो।

‘सार्क चेम्बरमार्फत् नेपालले धेरै फाइदा लिन सक्थ्यो भने केही फाइदा लिन सुरुवात गरिसकेको थियो’, प्रधानमन्त्री देउवासँगको भेटमा उपाध्यक्ष ढकालले  भने, ‘आगामी दिनमा यसलाई चलायमान बनाएर नेपालका हस्तकला उत्पादन, उच्च मूल्यका अन्य उत्पादनहरु निर्यात तथा सार्क राष्ट्रमा हुने मेलाहरुलाई नेपालको उच्च सहभागिता गराउनु पर्छ।’ 

साथै ढकालले सार्क राष्ट्रहरुबीच फुड बैंक संचालनदेखि स्वदेशी उत्पादनहरुको लागि बजारीकरण गर्न मेलास्थल राख्नुपर्ने, मेडिकल काउन्सिल तथा स्पोर्ट काउन्सिललाई चलायमान बनाउन माग गरेका थिए।

corrent noodles
Metro Mart

भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सार्क चेम्बर अफ कमर्स व्यापार व्यवसाय विस्तारको लागि राम्रो प्लेटफर्म बनेको र यसलाई चलायमान बनाउन सकिएको खण्डमा नेपालले राम्रो फाइदा लिन सक्ने बताए।

‘अहिले सार्कको पूर्वाधार विकास राम्रो भएको छ’, उनले भने, ‘साथै आगामी दिनमा यसलाई चलायमान बनाए निजी क्षेत्रको प्रवर्द्धनको लागि सार्क चेम्बरले खेल्ने भूमिका अझै सशक्त बनाउनु पर्छ।’

भेटमा प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री नियुक्त भएपछि यस विषयमा विस्तृतमा छलफल गरेर अघि बढ्ने आश्वासन दिए।

भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष एवं सार्क चेम्बरमा कार्यसमिति सदस्य चन्द्रप्रसाद ढकाल, महासंघका पूर्व उपाध्यक्ष एवं सार्क चेम्बरका कार्यसमिति सदस्य उमेशलाल श्रेष्ठ, महासंघका स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल, महासंघकै द्विराष्ट्रिय तथा एनआरएन फोरमका सभापति देशबन्धु बस्नेत (अजित), ऊर्जा समितिका सहसभापति शैलेन्द्र गुरागाईँ, महासंघ कार्यसमिति सदस्य ज्योत्सना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: Aug 05, 2021| 17:37 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्