काठमाडौं- जनता बैंक र प्रुडेन्सीयल इन्स्युरेन्स कम्पनीबीच बैंकासुरेन्स सक्बन्धी सम्झौता भएको छ। यस सम्झौता अनुसार, निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकलाई एकद्धार सेवा प्रणालीमार्फत जीवन तथा निर्जीवन बिमा सेवा प्राप्त गर्न सकिनेछ।
जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकार अधिकृत परशुराम कुँवर क्षेत्री र प्रुडेन्सीलइन्स्युरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिर्कत बि.के. महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
जनता बैंकका ग्राहकहरूले अब देशभर रहेको जनता बैंकका शाखाबाट छिटो र छरितो रूपमा बीमा लेख, प्रिमियम भुक्तानी जस्ता सम्पूर्ण बीमा सेवा लिन सक्नेछन्। जनता बैंकका हाल सम्म १सय १९ शाखा र ४ शाखा रहित बैंकिङग इकाई, २ सिमित्त बैंकिङग इकाई , दुई एक्स्टेसन काउन्टर र ६९ एटीएम बैंकिङग सेवा दिँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४