शुक्रबार, वैशाख १४, २०८१

पूर्वमाओवादी र एमाले नेताले भने– अब विगत सम्झँदैनौं

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– कुनै बेला वर्तमान सांसद यज्ञराज सुनुवार एमाले नेताको हैसियतमा माओवादीविरुद्ध आक्रोश पोख्थे, ‘छवि कार्कीको हत्या गर्ने माओवादी कार्यकर्ता मरे तिनको मासु कुकुरले पनि खाँदैन।’ तत्कालीन माओवादी नेता पेशल खतिवडा पनि त्यसभन्दा चर्को प्रत्युतरमा उत्रन्थे। 

कार्कीको हत्या ०६८ सालमा माओवादी कार्यकर्ताबाट भएको थियो। सोही कारण ओखलढुंगामा तत्कालीन एमाले र माओवादीको सम्बन्ध चिसिएको थियो। 

तर, आइतबार प्रज्ञा भवन कमलादीमा फरक दृष्य देखियो। कार्यक्रमका प्रमुख अतिथि थिए, नेकपा स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली। लहरै बसेका थिए, तत्कालीन माओवादी (हाल नेकपा)का नेताहरू पेशल खतिवडा र बाबुराम गौतम। 

अहिले दुवै पार्टी एक भएर नेकपा गठन भएको छ। अब उनीहरू एउटै पार्टीको झण्डामुनि छन्। तर, मन जोडिएको छैन। उनीहरूले तत्कालीन माओवादी कार्यकर्ताबाट हत्या भएका कार्कीप्रति एकै ठाउँमा बसेर श्रद्धाञ्जली दिए। र, अब विगतको तीतोलाई नसम्झिने प्रतिबद्धता प्रकट गरे। 

ओखलढुंगाबाट प्रत्यक्ष निर्वाचित सांसद सुनुवारले भने, ‘हिजो हामी अलग पार्टीमा थियौं, त्यसबेला एकले अर्कालाई निषेध पनि गर्यौं। तर, अहिले  हामी एउटै पार्टीमा छौं।’ 

चुनावी गठबन्धनबाटै दुवै पार्टीका नेता÷कार्यकर्ताले शहीदहरू प्रति श्रद्धाञ्जली दिएको र स्वर्गीय छविलाल कार्कीको सपना पूरा गर्ने संकल्प गरेको उनले बताए। 

कार्यक्रममा नेकपा स्थायी समितिका आमन्त्रित सदस्य (तत्कालिन माओवादी नेता) पेशल खतिवडाले कार्कीको हत्या कुनै राजनीतिक निर्णयबाट नभएको जिकिर गरे। खतिवडाले भने, ‘अब त माइन्युट हेरे हुन्छ, कसैलाई सोध्नुपर्दैन।’ खतिवडाले हत्यामा संलग्न भने माओवादी कार्यकर्ता रहेको दाबी गर्दैै सबै कुरा अदालतले गर्ने बताए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।