बिहीबार, वैशाख ६, २०८१

ललितपुरको बजेटबाट मोनो रेल 'गायब'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- स्थानीय तह निर्वाचनका बेला ललितपुर महानगरमा मोनो रेलको नाराले मतदातालाई राम्रै तानेको थियो। कांग्रेसबाट मेयर जितेका चिरिबाबु महर्जनले मतदाताको मोनो रेल सपना पूरा गरेरै छाड्ने विश्वास पनि धेरैमा देखिन्थ्यो। 

तर, सोमबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष ०७५-७६ को महानगरको नीति तथा कार्यक्रम र बजेटमा मोनो रेलबारे उल्लेखसम्म छैन। काठमाडौं र ललितपुर समेट्ने चक्रपथ तथा बुढानीलकण्ठदेखि गोदावरीसम्म मोनो रेल सञ्चालनको चर्चा शुरु भएको वर्षदिन बितिसकेको छ। 

खासगरी, ललितपुर महानगरपालिकाको महत्वकांक्षी योजना आफ्नै कार्यक्रम र बजेटबाट गायब भएको छ। 

मेयर महर्जनले भने काठमाडौं महानगरले मोनो रेलको प्रक्रिया अगाडि बढाएकाले ‘डुप्लिकेसन’ नहोस् भनेर कार्यक्रममा नराखिएको बताए । ‘मोनो रेल नगरको गौरवको योजनामा परिसकेको छ,’ उनले भने, ‘काठमाडौं महानगरले प्रक्रिया बढाइसकेको आयोजनाले ललितपुरका विभिन्न ठाउँ छुनेछ।’ 

ललितपुर महानगरले मलेसियाली कम्पनीको संयुक्त लगानीको काठमाडौं मोनो रेल प्रालिलाई सम्भाव्यता अध्ययन तयार गर्न साउन ०७४ मा आशयपत्र दिएको थियो। उपत्यकामा मोनो रेलको सञ्जाल करिब ३० किलोमिटर लामो हुने प्रारम्भिक अनुमान छ। 

गत ११ जेठमा ललितपुरका मेयर महर्जनको उपस्थितिमा काठमाडौं महानगरले चाइना रेलवेको २५ औं ग्रुप ब्युरो ग्रुप कम्पनीलाई सम्भाव्यता अध्ययनको जिम्मा दिएको थियो। 

असार ०७४ मा ललितपुर र काठमाडौंका मेयरहरू महर्जन र विद्यासुन्दर शाक्यले बुढानीलकण्ठदेखि गोदावरीसम्म मोनो रेल निर्माण गर्ने निर्णय गरेका थिए । दुवै मेयरबीच उपत्यकाका अन्य स्थानीय तहहरूलाई पनि रेल कनेक्टिभिटीमा जोड्ने सहमति भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।