काठमाडौँ- डा. गोविन्द केसीको माग सम्बोधन गर्नका लागि दर्ता गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने भएको छ ।
सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा गत शुक्रबार नेपाली कांग्रेसले दार्ता गराएको प्रस्तावमाथि छलफल हुन लागेको हो ।
सोमबारको बैठकमा डा केसीका विषयमा दर्ता गरिएको जरुरी सार्वजनिक महत्वको बारेमा छलफल हुने गरि कार्यसूची तय गरिएको संसदे् सचिवालयले जनाएको छ । दर्ता भएलगतै प्रस्तावमाथि छलफल नभएको भन्दै कांग्रेस शुक्रबार संसद् अवरुद्ध गरेको थियो ।
प्रस्तावमा यसअघिको अध्यादेश अनुसार विधेयक ल्याउन माग गरिएको छ । भने, डा. केसीको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै उपचारको प्रबन्ध गरी जीवन रक्षाका लागि अपिल गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४