शनिबार, वैशाख ८, २०८१

फेन्टासी खेलेर इंग्ल्याण्ड जाने अवसर, कसरी खेल्ने?

क्लबहरुलाई नयाँ सिजनको तयारीको चटारो जति बढ्दो छ, समर्थक भने फेन्टासी प्रिमियर लिग (एफपीएल)मा टोली निर्माण गर्न व्यस्त छन्।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

काठमाडौं– इंग्लिस प्रिमियर लिगको नयाँ सिजन यही अगस्ट १३ बाट सुरु हुँदैछ। नयाँ सिजनको तयारीका लागि सबै क्लबहरुले अभ्यास सुरु गरेका छन्। सिजनकै तयारीका लागि मैत्रीपूर्ण खेल पनि खेलिरहेका छन्। 

triton college

क्लबहरुलाई नयाँ सिजनको तयारीको चटारो जति बढ्दो छ, समर्थक भने फेन्टासी प्रिमियर लिग (एफपीएल)मा टोली निर्माण गर्न व्यस्त छन्। फेन्टासी खेलेर व्यवस्थापकको भूमिकामा रमाउन चाहने फुटबल फ्यान आउँदो सिजनमा कुन खेलाडीले उत्कृष्ट प्रदर्शन गर्लान् भनेर अनुमान गर्न र ती खेलाडी आफ्नो फेन्टासी टिममा राख्न व्यस्त छन्।

त्यसो त ला लिगाको फेन्टासी लिगा, सिरी एको फेन्टासी सिरिआ, बुन्डेसलिगा फेन्टासीका साथै अन्य लिगका पनि आफ्नै फेन्टासीहरु छन्। त्यमसध्ये सबैभन्दा चर्चा कमाएको चाहिँ एफपीएलले नै हो। प्रिमियर लिगमा उपलब्ध खेलाडी, टिम व्यवस्थापन, लगानी, भाषाको प्रभाव र त्यसको मिडिया कभरेजले विश्वका जुनसुकै लिग पनि फिक्का बनाइदिन्छ।

त्यसैले प्रविधि क्षेत्रको चर्चित गेम फेन्टासीमा पनि प्रिमियर लिगकै वर्चस्व छ। जसको चर्चा यहाँ गरिएको छ। 

यो पनि पढ्नुहोस्ः कहिले र कसरी सुरु भयो फेन्टासी लिग? कसरी खेल्ने?

corrent noodles
Metro Mart

 एफपीएलमा आफ्नो टिम कसरी दर्ता गर्ने?

एन्ड्रोइड मोबाइल फोन हुनेले यो लिगमा सहभागी बन्न सक्छन्। नयाँ सिजन २०२१–२१ मा आफ्नो फेन्टासी प्रिमियर लिगको अफिसियल वेबसाइटमा टिम दर्ता गर्नका लागि फेन्टासी प्रिमियर लिग नामको एप्लिकेसन डाउनलोड गर्नुपर्छ। तर, एन्ड्रोइडमा फेन्टासी फुटबल म्यानेजर (एफएफएम) नामक एप बढी प्रयोग हुन्छ। आईओएसमा चाहिँ प्रिमियर लिगको आधिकारिक एपबाट खेल्न सकिन्छ।

त्यसमा साइन इन गर्नुपर्छ। उमेरको प्रतिबन्ध नलागेमा र सबै सूचना इन्ट्री गरिसकेपछि फेन्टासी लिगको टिम नामकरण गर्न सकिन्छ। त्यसपछि फेन्टासीको सबैभन्दा महत्वपूर्ण समयमा पुगिन्छ, जहाँ हामी खेलाडीको छनोट गर्छौं।

हरेक एफपीएलमा एउटा टिम बनाउनका लागि १०० मिलियन पाउन्ड बजेट निर्धारण गरिएको हुन्छ। र, त्यो रकमबाट प्रयोगकर्ताले १५ खलाडी छनोट गर्न सकिन्छ। १५ मध्ये दुई गोलकिपर, पाँच डिफेन्डर, पाँच मिडफिल्डर र तीन फर्वाड हुन्छन्।

ब्रिटिस समर टाइमअनुसार अब अगस्ट १३, शुक्रबार साँझ साढे ६ बजे (नेपालको समय राति सवा ११) बजेसम्म फेन्टासी टिम बनाउन सकिनेछ। 

त्यो समय भनेको पहिलो खेलभन्दा डेढ घण्टा अघिसम्मको हो। त्यो समयसम्ममा प्रयोगकर्ताले आफ्नो टिम बनाइसक्नु पर्नेछ। त्यसपछि उसले सिजनभर खेलिरहन सक्छ। र, अर्को चरणका लागि ‘अटो पिक’ गरे पहिलेकै टिम लगातार रहने व्यवस्था हुनेछ। 

कसरी खेल्ने र कस्ता छन् नियम?

हरेक सिजनको फेन्टासी लिगको प्राथमिक लक्ष्य भनेकै सिजनभर धेरै अंक प्राप्त गर्नु हो। धेरै अंक प्राप्त गर्न उपलब्ध १५ खेलाडीबाट हरेक खेल साता (गेम विक)मा उत्कृष्ट ११ खेलाडी छनोट गर्नुपर्ने हुन्छ। हामीले आफ्नो टिमलाई फुटबलको कुनै पनि फर्म्याटमा राख्न सक्नेछौं। हरेक समय हामीले बनाउने टिममा कम्तिमा पनि एक गोलकिपर, तीन डिफेन्डर र एक फर्वाड आवश्यक पर्छ। एक खेल साता (गेम विक) मा एक जना खेलाडी ट्रान्सफर गर्न सकिन्छ। एकभन्दा बढी खेलाडी किने उसको प्वाइन्ट ऋणात्मक हुने गर्छ। 

ईपीएलमा प्रयोगकर्ताले छानेका खेलाडीको प्रदर्शनअनुसार अंक प्राप्त हुन्छ। त्यो अंक फेन्टासी खेल्ने मानिसले प्राप्त गर्छन्। फेन्टासीमा यो पनि महत्वपूर्ण हुन्छ कि त्यहाँ बेन्च खेलाडी पनि व्यवस्था गर्नुपर्छ। यसको फाइदा के हो भने– यदि ‘गेम विक’ मा प्रयोगकर्ताले बनाएको ‘बेस्ट ११’ मध्ये कुनै खेलाडी नखेलेको अवस्थामा स्वःस्फूर्त रुपमा नयाँ खेलाडी प्रतिस्थापन गर्ने आज्ञा दिन सकिन्छ।

त्यसो त प्रयोगकर्ताले बनाएको टिम कप्तान, उपकप्तान घोषणा गर्ने जिम्मेवारी पनि उसकै हुन्छ। जहाँ टिमको कप्तानले दोब्बर अंक पाउँछन्। यता उपकप्तान भने जगेडा छनोटका रुपमा राख्न पाइनेछ। त्यसैले वैकल्पिक छनोटका लागि पनि दोब्बर अंक दिने लिगको प्रावधान छ।

फेन्टासी खेल्नेहरु अन्य धेरै सामान्य लिगमा सुटुक्क छिर्न पाउँछन्। त्यहाँ फ्यान लिग, कन्ट्री लिग, गेम विक लिगलगायत हुन्छन्। प्रयोगकर्ताले कुन समयमा आफूलाई फेन्टासीमा दर्ता गरायो भन्ने आधारमा यी लिग तय गरिन्छ।

त्यति मात्र होइन, त्यहाँ त एक ‘मिनि लिग’ को आमन्त्रण पनि गर्न सकिन्छ। त्यो एउटा आफ्नै प्रकारको ‘क्लासिक लिग’ पनि हुनसक्छ वा हेड टू हेडको लिग पनि। त्यसबाट हरेकले साथी र परिवारसँग लिग खेल्न सक्छन्।

फुटबल प्रशिक्षक वा व्यवस्थापकलाई जस्तै फेन्टासी प्रयोगकर्तालाई टिम छनोटमा कुनै प्रतिबन्ध लगाइँदैन। त्यसले टिमको पारदर्शिता बढाउँछ। तर एक जना मानिसले एकमात्र टिम बनाउन सक्छ।

कस्तो हुन्छ अंकतालिका ?

६० मिनेटसम्म खेलेमाः १ अंक

६० मिनेट वा त्योभन्दा धेरै स्टपेज समयबाहेकः २ अंक

टिमको हरेक गोलकिपर वा डिफेन्डरले गोल गरेमाः ६ अंक

मिडफिल्डरले गोल गरेमाः ५ अंक

फर्वाडले गोल गरेमाः ५ अंक

कुनै पनि खेलाडीले एसिस्ट गरेमाः ३ अंक

गोलकिपर वा डिफेन्डरले क्लिन सिट राख्न सकेः ४ अंक

क्लिन सिट राख्न सफल मिडफिल्डरः १ अंक

गोलकिपरले तीन पटक गोल बचाउ गरे: १ अंक

गोलकिपरले पेनाल्टी बचाउन सकेः ५ अंक

पेनाल्टीमा बचाउन नसकेः माइनस (–१) अंक

बेस्ट खेलाडीले पाउने लाभांश अंकः १ देखि ३

गोलकिपर र डिफेन्डरले दुई गोल सामना गरेः माइनस (–१) अंक

पहेंलो कार्डः माइनस (–१) अंक

रातो कार्डः माइनस (–३) अंक

आत्मघाति गोलः माइनस (–२) अंक

बोनस गणना कसरी गर्ने?

ईपीएलका तीन उत्कृष्ट खेलाडीलाई बोनस (लाभांश) अंक दिइन्छ। फेन्टासी प्रिमियर लिगले आफ्नो वेबसाइटमा लेखेको छ, ‘बोनस प्वाइन्ट शैलीमा प्रत्येक खेलाडीको बोनस स्कोर बनाउन लिगको तथ्यांकको दायरा प्रयोग गरिएको छ।’

‘हरेक खेलमा तीन उत्कृष्ट प्रदर्शन गर्नेलाई बोनस दिइन्छ। धेरै गोल गर्नेलाई तीन, दोस्रोलाई २ र तेस्रोलाई एक अंक दिइन्छ,’ वेबसाइटमा उल्लेख छ।

यदि त्यो पहिलो, दोस्रो र तेस्रोमा बराबरी भए बराबरी अंक बाँडिनेछ। तीन खेलाडीले समान सर्वाधिक गोल गरे उनीहरु सबैले समान अंक पाउनेछन्। यो नियमको पूरा जानकारी फेन्टासी प्रिमियर लिगको नियम सेक्सनमा उल्लेख छ।

फेन्टासी ड्राफ्ट कसरी फरक छ?

फेन्टासी ड्राफ्टले एफपीएल प्रयोगकर्तालाई आफ्ना साथी र परिवारसँग ड्राफ्ट लिग खेल्न सुविधा दिएको छ। जहाँ फेन्टासी समुदायमा पब्लिक लिग समावेश छ।

त्यो लिगमा अधिकतम १६ टिमसम्म सहभागी बन्न सक्नेछन्। १६ टिम सहभागी बने पनि एफपीएलको आधिकारिक साइटले भने आठ टिमको उत्कृष्ट लिग बनाउन सिफारिस गरेको छ। त्यो नम्बरमा राम्रो हुने उसले जनाएको छ।

ड्राफ्टमा आफैैंले मिति र खेल्ने समय तय गर्नुपर्ने हुन्छ। त्यहाँ एफपीएल खेलाडीको १५ खेलाडी सम्मिलित टिमको प्रयोग गर्न पाउनेछन्। त्यहाँ प्रिमियर लिगकै २० खेलाडी छनोट गर्न पाइनेछ।

यता वास्तविक लिगमा जस्तो ड्राफ्ट लिगमा चाहिँ रकमको सीमा निर्धारण गरिएको हुँदैन। त्यहाँ १५ खेलाडीको १५ ड्राफ्ट चरण उपलब्ध हुनेछन्। हरेक राउन्डको एफपीएल व्यवस्थापकले आफ्नो ड्राफ्ट बनाइसकेपछि ‘वेभर रिक्वेस्ट’ मार्फत लिगमा नराखिएका खेलाडी पनि ल्याउन सकिने व्यवस्था छ। तर त्यो ट्रान्सफर विन्डो भने आफैंले सुरुमा गरेको सेटिङमा भर पर्ने हुन्छ।

फेन्टासी लिगमा को होलान् अहिलेका उत्कृष्ट?

एफपीएलका लागि २० क्लबबाट दर्ता भएका हरेक प्रिमियर लिग खेलाडीहरुको मूल्य तोकिएको हुन्छ। लिगको वरीयतामा उत्कृष्ट तोकिएका खेलाडीको मूल्य उच्च हुने गर्छ। र, उनीहरु नै लिगमा धेरै अंक स्कोर गर्न सम्भावित खेलााडीको सूचीमा पर्छन्।

अहिलेको प्रिमियर लिगमा दुईजना सबैभन्दा महँगा खेलाडी टोटेनहमका ह्यारी केन र लिभरपुलका मोहम्मद सलाह हुन। उनीहरुको मूल्य १२.५ मिलियन पाउन्ड तोकिएको छ।

त्यसो त लिगमा धेरै मूल्यका फर्वाड र मिडफल्डर नै छन्। सबैभन्दा मूल्यवान डिफेन्डर भनेको चाहिँ लिभरपुलका ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड हुन्। उनको मूल्य ७.५ मिलियन पाउन्ड छ। उत्कृष्ट मूल्यांकन गरिएका गोलकिपरहरुमा भने एडवर्ड मेन्डी, एलिसन र एडर्सन छन्।

गोल डटकमका अनुसार एफपीएलका लागि ‘प्लेयर टू पिक’

फर्वाडः ह्यारी केन, जेमी भार्डी, पिररे एमिरिक औबुमयाङ, टिमो वार्नर, रोबर्टो फर्मिनो, ग्याब्रियल जेसुस, अलेक्जेन्डर लकाजेट, डोमेनी क्यालभर्ट लुइन।

मिडफिल्डरः मोहम्मद सलाह, साडियो माने, केभिन डिब्रुयन, ब्रुनो फर्नान्डेस, सन ह्युङ मिन, काई हभाट्र्ज

डिफेन्डरः ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, एन्डी रोबर्टसन, भर्जिल भान डाइक, सेजर एप्लिजिक्वेटा, बेन चिलवेल, रुविन डियाज, जोआ क्यान्सेलो, लुका स  

गोलकिपरः एलिसन, इडर्सन, एडुवर्ड मेन्डी, इमिलियानो मार्टिनेज, निक पोपे, इलन मेस्लिर, जोर्डन पिकफोर्ड

खेल, टिम बनाउने मिति, ट्रान्फर र परिवर्तन

एफपीएल खेलको तालिका प्रिमियर लिगको तालिका नै हो। जहाँ एक चरणमा २० टिमका १० खेल हुन्छन्। यो लिगको नियमअनुसार नै निर्धारण गरिएको हुन्छ।

तर कहिलेकाहिँ भने टिमको तालिकामा केही परिवर्तन देखिने गरेको छ। त्यसैले व्यस्त तालिकामा एकभन्दा धेरै खेल भए एकै हप्ताको खेलमा जोडिन्छ। त्यसो हुँदा कहिले अर्को कुनै टिमले खेल्न नपाएको पनि हुन्छ।

अहिलेको तालिका अनुसार प्रिमियर लिगमा झैँ एफपीएलमा खेलका ३८ हप्ता हुन्छन्। त्यो अगस्ट १३ बाट सुरु हुनेछ। र, ती खेल सञ्चालन हुने हप्ताका आधारमा खेलाडीको ट्रान्सफर पनि गराउन सकिन्छ। जुन खेल सुरु हुनुअघि तयार हुनु पर्नेछ।

एफपीएल ‘चिप्स’ के हो?

हरेक फेन्टासी टिमका लागि ‘चिप्स’को व्यवस्था गरिएको हुन्छ। त्यो २०२१–२२ को लिगमा प्रयोग गर्न सकिन्छ। त्यसले प्रदर्शन राम्रो बनाउँछ र स्कोरिङमा सहयोग गर्छ।

ती चिप्सहरु बेन्च बुस्ट, ट्रिपल क्याप्टेन, फ्रि हिट र वाइल्डकार्ड हुन्। बेन्च बुस्टलाई टिमको सुरुआति ११ मा एक सिजनमा एकपटक प्रयोग गर्न सकिन्छ।

फ्रि हिटले एफपीएल व्यवस्थापकलाई असीमित ट्रान्सफर अधिकार दिन्छ। त्यस्तै ट्रिपल क्याप्टेन सिजनमा एकपटक खेल्न सकिन्छ। यसरी खेल्दा क्याप्टेनले स्कोर गरेको अंकको तीन गुणा बढी पाइन्छ। 

र, अन्तिम चिप्स वा वाइल्डकार्ड चाहिँ सिजनमा दुई पटक प्रयोग गर्न सकिन्छ। पहिले डिसेम्बरअघि र दोस्रो चाहिँ सिजनको अन्त्यसम्म प्रयोग गर्न सकिन्छ। र, असीमित ट्रान्सफर गर्न सकिन्छ।

एफपीएलबाट के जित्न सकिन्छ?

फेन्टासी लिगमा जसले राम्रो खेल्न सक्छ अर्थात् जसले राम्रो व्यवस्थापन गर्न सक्छ। उसका लागि धेरै प्रकारका पुरस्कारको व्यवस्था गरिएको हुन्छ।

त्यसमध्येको सबैभन्दा ठूलो पुरस्कार चाहिँ इंग्ल्यान्डमा सात रातको ब्रेक मनाउने नै हो। पूर्ण भीआईपी सुविधाका साथ त्यो ब्रेकको मजा लिन पाइन्छ। हुबल्ट जोडिएको घडी, नाइकी ज्याकेटका साथै अन्य उपहार हुन्छ।

विजेताबाहेक दोस्रो, तेस्रोलाई पनि एफपीएलले पुरस्कार दिने गरेको छ। यता महिनाको र हप्ताको उत्कृष्ट एफपीएल व्यवस्थापकले पनि पुरस्कार जित्छन्।

(यो सामग्री विनय सापकोटाले गोल डटकमबाट भावानुवाद गरेका हुन्।)

प्रकाशित: Aug 06, 2021| 10:25 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।