काठमाडौं-चिकित्सा क्षेत्रमा सुधार ल्याउनुपर्ने मागसहित जुम्लामा आमरण अनसन बसिरहेका डाक्टर गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलार्इ दबाब दिन नागरिक समाजले राजधानीमा प्रदर्शन गरेको छ ।
सरकारले सभासम्मेलन गर्न निषेध गरिएको क्षेत्र माइतीघर मण्डलाबाट शुरु भएको र्याली नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो ।
प्रदर्शनको भिडियो हेर्नुहोस्
जुलुसमा सरकारले मेडिकल माफियालार्इ पोस्ने गरी चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै सरकारी कदमको विरोध गरिएको छ । 'यो लोकतन्त्र कि जोकतन्त्र', 'सरकारको कदम गणतन्त्र भन्दा पनि पञ्चायतको भाग २' लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा विभिन्न पेशाकर्मी, अधिकारकर्मी तथा सर्वसाधारण नागरिकको सहभागिता थियो । प्रदर्शनमा विवेकशिल साझा पार्टीका संयोजक रवीन्द्र मिश्र पनि सहभागी थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...