बिहीबार, वैशाख ६, २०८१

विश्वकप ट्रफि नउचालेका महान खेलाडी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- रुसमा जारी विश्वकप २०१८ लाई अप्रत्याशित नतिजाको विश्वकप भन्दा फरक नपर्ला । समूह चरणबाटै पुर्वच्याम्पियन जर्मनी बाहिरिँदा शीर्ष १६ बाट अर्जेन्टिना, पोर्चुगल र स्पेन जस्ता सवल टिम पनि बाहिरिए । यससँगै टिममा आबद्ध स्टार खेलाडीको विश्वकप जित्ने सपना पनि अधुरै रह्यो ।

लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो जस्ता नाम चलेका खेलाडीले अहिले सम्म विश्वकप ट्रफि उचालेका छैनन् । यि दुबै खेलाडीले विश्वकपका चार संस्करण खेले । तर, दुबै खेलाडी शीर्ष १६ बाटै बाहिरिए । यदि चार बर्षपछि २०२२ मा कतारमा हुने विश्वकपमा सहभागिता जनाएमा ३१ वर्षका मेस्सी र ३३ वर्षका रोनाल्डो आफ्नो सपना पुरा गर्ने दाउमा हुने छन् । 

तर, जसरी अहिले विश्वकपमा अप्रत्याशित नतिजा आयो त्यस्तै भए आउदो विश्वकपमा पनि उनीहरुको सपना पुरा नहुने अनुमान गर्न सकिन्छ । यि दुबै खेलाडीले विश्व फुटबलमा सर्वश्रेष्ठ खेलाडीको ट्रफि जितिसकेका छन् । तर, आफ्नो देशका लागि विश्वकप जिताएका छैनन् ।

विश्वकप सपना अधुरा रहेका यी दुई जना खेलाडीमा मात्र नभई विश्व फुटबल इतिहासमा केहि अन्य खेलाडी पनि रहेका छन् । जसले विश्व फुटबल इतिहासमा व्यक्तिगत रुपमा उत्कृष्ट साबित भएपनि देशलाई विश्वकप ट्रफि दिलाउन सकेनन् ।

जोहान क्रुफ (होल्याण्ड)

होल्याण्का जोहान क्रुफ युरोपको फुटबल इतिहासमा सबै भन्दा उत्कृष्ट खेलाडी मानिन्छन्। उनले १९७४ मा पश्चिम जर्मनीमा भएको विश्वकपमा होल्याण्ड टोलीको नेत्रित्व गरेका थिए र आफ्नो टिमलाई फाइनलसम्म पुर्‍याएका थिए । बिडम्बना होल्याण्ड फाइनलमा जर्मनी सँग २-१ ले पराजित हुदै ट्रफि उचाल्नबाट बन्चित रह्यो । जोहानले विश्वकपमा तीन पटक गोल्डेन बल जिते । तर, विश्वकप ट्रफि जित्न सकेनन्।

फ्रेरेंस पुस्कास (हंगेरि-स्पेन)

पुस्कास एक उत्कृष्ट फरवाडका रुपमा चिनिन्छन । उनले १९५२ को ओलम्पिक खेलमा आफ्नो टिमलाई स्वर्ण पदक दिलाए । त्यसको दुई बर्ष पछि १९५४ मा स्विट्जरल्याण्डमा भएको विश्वकपमा आफ्नो टिमलाई फाइनलसम्म पुर्‍याए । यस विश्वकपमा उनको टिमलाई विश्वकपको दाबेदारको रुपमा हेरिएको थियो । बिडम्बना पश्चिम जर्मनीसँग हार बेहोर्नु पर्‍यो । पछि उनी स्पेनको नागरीक बने र १९६२ सालमा चिलीमा भएको विश्वकपमा स्पेनको प्रतिनिधित्व गर्दे विश्वकपमा सहभागीता जनाए । तर, त्यो विश्वकप पनि जित्न सकेन।

अल्फ्रेडो डि स्टेफनो (अर्जेन्टिना-स्पेन)

फिफाले डि स्टेफनोलाई २० औं शताब्दिको पाँच सबैभन्दा उत्कृष्ट खेलाडीको सुचिमा राखेका थिए । जसमा पेले, म्याराडोना, क्रुफ र बैकेनबोर थिए । यति उत्कृष्ट खेलाडिका बाबजुदपनि उनले कहिले विश्वकप खेल्नै पाएनन् । पहिला उनी अर्जेन्टिनाबाट खेल्थे । अर्जेन्टिनाले १९५० र १९५४ को विश्वकपमा सहभागीता नै जनाएन ।

यसपछि उनी अर्जेन्टिना छोडेर स्पेन गए । तर बिडम्बना १९५८ को विश्वकपमा स्पेन क्वालिफाइट नै भएन । १९६२ को विश्वकपमा चोटका कारण उनी आफु सहभागी भएनन् ।

युसेबियो (पोर्चुगल)

युसेबियोको जन्म मोजाम्बिकमा भएको थियो । त्यतिबेला खेल मोजाम्बिकमा पोर्चुगलको सासन थियो । युसेबियोलाई पोर्चुगली फुटबल इतिहासका पहिला महान खेलाडी मानिन्छन् । १९६५ मा उनलाई युरोपको सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए । १९६६ मा इङल्याण्डमा भएको विश्वकपमा युसेबियोको उत्कृष्ट खेलको मदतले पोर्चुगल सेमिफाइनल पुगेको थियो । तर, पोर्चुगल सेमिफाइनलमा इङल्याण्डसँग २-१ ले पराजित हुदै बाहिरियो ।

जर्ज बेस्ट (उत्तरी आयरल्याण्ड)

उत्तरी आयरल्याण्डका महान फुटबल खेलाडी जर्जले विश्वकपमा खेलेनन् । उनले डेनिस लावी बाबी चार्ल्टनसँग मिलेर १९६८ मा युरोपियन कप खेले । उनले म्यानचेस्टर सिटीलाई च्याम्पियन बनाए । त्यसै बर्ष उनी युरोपका उत्कृष्ट खेलाडी भएका थिए ।

मैक्रो वैन बैस्टन (होल्याण्ड)

मैक्रोले एक मात्र विश्वकपमा सहभागीता जनाएका थिए । उनले इटालीमा भएको १९९० को विश्वकप भन्दा पहिले १९८८ मा युरोपियन च्याम्पियन बनाइ सकेका थिए । उनी १९९२ मा विश्वका उत्कृष्ट खेलाडी चुनिएका थिए । उनले तीन पटक पटक गोल्डेन बल पनि जितेका थिए । तर, १९९३ मा २८ बर्षको उमेरमा खेलमा दौरान गम्भिर चोटका कारण उनको फुटबल भविश्यलाई समाप्त गरेको थियो ।

यिनै तमाम खेलाडीका बाबजुद पनि अरु धेरै खेलाडी रहेका छन् । जस्तैः पाउलो मेल्डिनी (इटाली), लुइस फ्रिगो (पोर्चुगल), ज्रिको (ब्राजिल), रोबर्टो बैगियो (इटाली) र माइकल प्लेटिनी (फ्रान्स)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।