बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • शनिवारको छापा: विवादित विधेयक नै दर्ता, टाट पल्टियो साझा

शनिवारको छापा: विवादित विधेयक नै दर्ता, टाट पल्टियो साझा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- शनिबार राजधानीबाट प्रकाशित दैनिक पत्रपत्रिकाले डा. केसीको अनशन, चिकित्सा शिक्षा विधेयक दर्ता, मुस्ताङ दुर्घटना, सुरुङमा बजेट बाँधको सुरसार छैनलगायतका विषयलार्इ प्राथमिकताका साथ पहिलो पृष्ठमा स्थान दिएका छन् । 

सरकारले डा. गोविन्द केसीको मागविपरीत पहिलेकै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक (विवादित विधेयक) शुक्रबार संसद्‍मा दर्ता गरेको खबर अन्नपूर्ण पोष्टमा छ। विधेयक आफ्नो मागबमोजिम नभएको भन्दै एक सातादेखि डा. गोविन्द केसी जुम्लामा अनशनरत छन्।

फास्ट ट्रयाकबाट ल्याउन लागेको राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक यसअघि प्रतिपक्षी दल कांग्रेसको दबाबपछि सरकारले फिर्ता लिएको थियो। अहिले ‘प्रतिस्थापन’ शब्द हटाएर हुबहु विधेयकलाई संसद् सचिवालयमा दर्ता गराइएको कानुनमन्त्री शेरबहादुर तामाङले बताए।

मन्त्री तामाङले कांग्रेससँग सहमति गरेरै नियमित प्रक्रियाबाट विधेयक दर्ता गरिएको दाबी गरे। उनले भने, ‘दर्ता विधेयक परिपक्व हुन समय लाग्छ। त्यसपछि संसदको पूर्ण बैठकमा दर्ता हुन्छ। विषयवस्तुमा विरोध छ भने कांग्रेसले संशोधन हाल्न पाउँछ।’

विवादित प्रतिस्थापन विधेयकलाई अघि बढाउनेबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षाका अभियन्ताहरू एवं विज्ञहरूसँग बुधबार र बिहीबार छलफल गरेका थिए। ‘तपार्इंहरूले सरकारलाई जसरी भए पनि सहयोग गर्नुपर्छ’, शिक्षामन्त्री पोखरेलको भनाइ उधृत गर्दै एक सहभागीले भने, ‘शिक्षामन्त्री जसरी भएपनि पेलेरै जाने मुडमा देखिनुहुन्थ्यो। हामीले सरोकारवाला र विज्ञहरूसँग छलफल गरेर मात्रै अगाडि बढाउने सुझाव दिंदै संशोधनमा जोड दियौं। उहाँ भने एकोहोरो जस्ताको तस्तै पेश गर्ने र पारित गराएरै छाड्ने मनस्थितिमा देखिनु भयो।’

त्यसैगरी नयाँ पत्रिकाले पहिलो पृष्ठमा टाट पल्टियो साझा शिर्षकमा समाचार छापेको छ। एक सय पचास वर्षे गौरवशाली इतिहास बोकेको संस्था साझा प्रकाशन जीवन र मरणको दोसँधमा छ। एक समय साझाबाट पुस्तक छाप्न लेखकहरु पाण्डुलिपी बुझाएर वर्षौं पर्खिन्थे तर अहिले साझाको  गोदाममा लेउ लागेको छ भने भवनमा सन्नाटा छाएको छ। वर्तमान र पूर्वमहाप्रवन्धकलार्इ भ्रष्टाचार आरोप, पुर्नजन्म दिन मन्त्रालय केही गर्छ की भन्ने सहायक शिर्षक पनि समाचारमा राखिएका छन्। 

सडकदेखि सदनसम्म केसी शिर्षकमा कान्तिपुर दैनिकले समाचार छापेको छ। चिकित्सा शिक्षा र सेवा सुधारका लागि ७ बुँदे माग राखेर जुम्लामा अामरण अनशन थालेका डा. गोविन्द केसीको समर्थनमा सडकदेखि िदनसम्म तातेको समाचार छ। केसीको जीवनरक्षा माग गर्दृै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दर्ता गराएको अत्यन्त जरुरी महत्वको सार्वजनिक प्रस्तावमाथि छलफल नभएपछि शुक्रबार संसद बैठक अवरुद्ध भएको थियो भने चिकित्सक संघले सरकारविरुद्ध आन्दोलन नै घोषणा गरेका छन्। 

माफियामुखी ऐन मान्य हुन्न: डा क‍ेसी शिर्षकमा नागरिक दैनिकले समाचार छापेको छ। विवादित विधेयक नै संसदमा दर्ता भएपछि डा केसीले माफियामुखी विधेयक मान्य नहुने बताएका हुन् । आफू मर्न तयार रहेको तर स्वास्थ्य क्षेत्रमा जनतालार्इ धोका हुने जनहित विपरितका काम सरकारलार्इ गर्न नदिने बताएका हुन्। अध्यादेश बमोजिमकै चिकित्सा शिक्षा विधेयक बनाएर संसदमा पारित हुनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम सञ्‍चालन हुनुपर्नेसहितका माग राद्नै डा केसी एक सातादेखि १५ औं अनशनमा छन्।

मुस्ताङमा भएको टिपर दुर्घटनामा २० मजदुरको ज्यान गएको आजका सबै पत्रपत्रिकाले मुख्य समाचार बनाएका छन्। दुर्घटनामा १२ मजदुर घाइते भएका छन्। कालीगण्डकी करिडोरअन्तर्गत बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदुर चढेको बिरुवा कन्स्ट्रक्सनको बा.२प २२१९ नम्बरको टिपर शुक्रबार दिउँसो लो घेकर दामोदरकुण्ड गाउँपालिका-३ स्याङबोचेमा सडकबाट ५० मिटर तल खसेको हो।

दिउँसो साढे १ बजे दुर्घटना भएको खबर पाउनासाथ प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए। दुर्घटनाको कारण अझै नखुलेको प्रहरीले जनाएको छ।

मृत्यु भएका सबैको सनाखत भएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरू रोल्पा र दाङका बढी छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।