काठमाडौं- बेल्जियमले ब्राजिललार्इ पराजित गर्दै जारी विश्वकपको सेमिफाइनलमा पुगेको छ । शुक्रबारको दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमले ब्राजिललार्इ २-१ ले पराजित गरेको छ ।
खेलको १३ औ मिनेटमा भएको आत्मघाती गोलले अग्रता लिएको बेल्जियमले ३१ औ मिनेटमा खेलको अग्रता दोब्बर बनाएको थियो ।
ब्राजिलका खेलाडीले गरेको हेडले पोस्टको दिशा लिएपछि ब्राजिल एक गोलले पछि परेको थियो । कर्नरबाट आएको बललाई क्लिएर गर्ने क्रममा फर्नाडिन्होले गरेको हेडले ब्राजिलको आफ्ने पोस्टको जाली चुमेको थियो । बेल्जियमका लागि दोश्रो गोल भने डिब्रुएनेले ३१ औ मिनेटमा गरे ।
बेल्जियमको अग्रता कम गराउन ब्राजिलले खेलको ७६ औ मिनेट पर्खनु पर्यो । रेनाटो अगोस्टाले ब्राजिलका लागि पहिलो गोल गरे ।
शुक्रबारको पहिलो क्वाटर फाइनलमा फ्रान्सले उरूग्वेलार्इ २-० ले पराजित गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४