काठमाडौं- जारी विश्वकपको पहिलो क्वार्टरफाइनल खेलमा फ्रान्सले उरुग्वेवरिुद्ध अग्रता दोब्बर बनाएको छ। दोस्रो हाफको ६१ औं मिनेटमा एन्थोनी ग्रिजम्यानले गोल गर्दै फ्रान्सकाने अग्रता दोब्बर पारेका हुन्। उनले टोलिस्सोको पासमा उत्कृष्ट गोल गरेका हुन। यो गोलसँगै फ्रान्सले २-० को अग्रता बनाएको हो।
एन्थोनी ग्रिजम्यानको जारी विश्वकपमा व्याक्तिगत ३ गोल प्गेको छ। पहिलो हाफमा खेलको ४० औं मिनेटमा फ्रान्सका लागि राफेल भरानले गोल गर्दै अग्रता दिलाएका थिए। उनले एन्थोनी ग्रिजम्यानको फ्रि–किकमो हेडिङ गर्दै उत्कृष्ट गोल गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४