काठमाडौं-नेपाल इन्भेष्टमेण्ट बैंकले सिन्धुपाल्चोकको पिस्करमा आफ्नो ७३ औ शाखा विस्तार गरेको छ । १५ हजार बढी जनसंख्या रहेको प्रदेश नम्बर ३ अन्तर्गत त्रिपुरासुन्दरी गाउपालिकास्थित पिस्करमा बैंकले नयाँ शाखा खोलेको हो ।
बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश अनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनाअनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको बताइएको छ ।
बैंकको अनुसार आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको एक सय एटिएम सञ्चालनमा छन् । सात एक्स्टेन्सन काउन्टर, पाँच लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड र ५७ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गरिरहेको छ । साथै तीन सय बढी भिसा तथा एनपिएन सदस्य रहेको बैंकको एटिएम सञ्चालनमा छन् ।
ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिन विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई तीन अर्ब ७६ करोड रुपैयाँ लगानी गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक एक मात्र निजी क्षेत्रको बैंक रहेको दावी गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४