बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल-चीन व्यापार पारवहन प्रोटोकल टुङ्ग्याउन उद्योग सचिवको टोली चीन जाँदै

नेपाल-चीन व्यापार पारवहन प्रोटोकल टुङ्ग्याउन उद्योग सचिवको टोली चीन जाँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा चीनसँगको व्यापार पारवहन प्रोटोकल सम्झौता टुङ्ग्याउन चीन जाने भएको छ। 

चीनस्थित जुलाई १०-११ तारिखमा वेईजिङमा हुने ट्रान्जिट ट्रान्सपोर्ट प्रोटकलको कन्सल्टेशन मिटीङमा नेपाल र चीनबीचको व्यापार तथा पारवहन सम्बन्धी टुङ्गो लाग्ने मन्त्रालयको प्रवत्ता रविशंकर सैँजुले बताए।  ‘हाम्रो टोलि वैठकको लागि शुक्रबार अथवा शनिबार बेइजिङतर्फ प्रस्थान गर्नेछ,’उनले भने ‘सो सम्बन्धमा चीनका अधिकारीहरुसँग छलफल भइरहेको छ ।’

मन्त्रालयको अनुसार बैठकमा रेललगायतका पारवहन, विभिन्न पोर्टहरु खोल्ने, भन्सार जाँच, आयात÷निर्यात लगायतको सम्बन्धमा टुङ्गो लाग्नेछ। साथै हालसम्म भारहुँदै तेस्रो मुलुकसँग नेपालले आयात गर्र्ने गरेकोमा यस बैठकले अब चीन हुँदै नेपालले तेस्रो मुलुकसँग सामान ल्याउने ढोका खोल्ने प्रवक्ता सैंजुको भनाइ छ ।
टोलीमा मन्त्रालयकातर्फबाट सहसचिवहरु रविशंकर सैंजु, सहसचिव नवराज ढकाललगायत सहभागी हुनेछन्। 

साथै परराष्ट्र मन्त्रालयका सहसचिव, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशकलगायत विभिन्न निकायका नौ जना प्रतिनिधिहरु सहभागी हुनेछन्।

बुधबार राती अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले समेत नेपाल चीन व्यापार तथा पारवहन सम्झौताको प्रोटोकल सम्बन्धी वार्तामा भाग लिन नौ सदस्यीय टोली बेइजिङ पठाउने र हस्ताक्षर गर्ने अख्तियारी समेत दिने निर्णय गरेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्