शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • पौडेल समूहको प्रस्ताव– प्रक्रिया छोट्याएर महाधिवेशन वा विशेष महाविधेशन

पौडेल समूहको प्रस्ताव– प्रक्रिया छोट्याएर महाधिवेशन वा विशेष महाविधेशन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भदौ २३ गतेपछि पार्टीको वैधानिकता समाप्त हुने भएकाले चाँडो नयाँ कार्यतालिका ल्याउन माग गरेको छ।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भदौ २३ गतेपछि पार्टीको वैधानिकता समाप्त हुने भएकाले चाँडो नयाँ कार्यतालिका ल्याउन माग गरेको छ। 

triton college

नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बिहीबार बसेको समूहको बैठकले चाँडोभन्दा चाँडो क्रियाशील विवाद टुंग्याएर नयाँ कार्यतालिका ल्याउन संस्थापन समूहसँग माग गरेको हो।  

भदौ २३ गतेपछि पार्टीको वैधानिकता समाप्त हुने र त्यहाँ भन्दा पछि महाविधेशन गर्ने विकल्प पनि नभएको निष्कर्ष भेलाले निकालेको छ। भेलापछि वरिष्ठ नेता रामचन्द्र पौडेलले २ दिनभित्र क्रियाशील विवाद टुंग्याएर निर्वाचन समितिलाई महाधिवेशनको प्रक्रिया अघि बढाउन नेतृत्वले निर्देशन दिनुपर्ने बताए। 

'हामी महाधिवेशनको मुखमा छौं। क्रियाशील विवाद टुंगिएको छैन। महाधिवेशन कसरी सुनिश्चित गर्ने भन्ने विषयमा हाम्रो छलफल केन्द्रीत रह्यो,' उनले भने, 'महाधिवेशन कार्यतालिका चाँडो ल्याउनुपर्यो र निर्वाचन समितिलाई निर्देशिका दिएर महाधिवेशनको प्रक्रिया अघि बढाउन नेतृत्व निर्देशन दिनुपर्यो भन्ने हाम्रो माग छ।'

उनले पार्टीको वैधानिकता समाप्त हुने खतरा बढेको बताए। भदौ १६ मा महाधिवेशन हुने सम्भावना टर्दै गयो नि भन्ने प्रश्नमा पौडेलले भने, 'क्रियाशील सदस्यता विवाद समाधान गर्ने जिम्मेवारी हाम्रो तहमा आएको छ। विवाद २ दिनमा टुंगो लगाउनुपर्छ। वैधानि करुपमा संकटमा पर्दैछ। अझै भदौ १६ मा महाधिवेशन हुन्छ। सुरु गर्नुपर्यो। यहाँ सुरु नै नभएर बिग्रियो।'

corrent noodles
Metro Mart

उनले क्रियाशील टुंगो लगाएर निर्वाचन समितिलाई निर्देशिका दिए प्रक्रिया छोट्याएर महाधिवेशन सम्पन्न गर्न सकिने बताए। 'क्रियाशील टुंगो लगाएर निर्देशिका निर्वाचन समितिलाई दिने हो भने अझै पनि तोकिएको मितिमा केन्द्रीय समिति र प्रदेश समितिको चुनाव सम्भव छ,' उनले भने, 'क्रियाशीलको विवादको टुंगो लाग्न सकेको छैन। हाम्रो तहमा आएको छ। सभापति प्रधानमन्त्री पनि हुनुहुन्छ। एकछिन छलफल गर्यो, एकैछिनमा उहाँ अन्तै जानुपर्छ, समस्या छ नि,' उनले भने। 

भदौ २३ भित्र नयाँ कार्यसमिति आउन नसके वर्तमान कार्यसमितिको वैधानिकता समाप्त हुने भएकाले विषेश महाधिवेशन गर्ने एउटा मात्रै विकल्प रहेको पौडेलको भनाइ छ। 'भदौ २३ मा यो कार्यसमितिको वैधानिकता सकिन्छ। पार्टीको वैधानिकता नै संटकमा पर्छ। त्यसबाट बच्नका लागि के गर्न सकिन्छ, महाधिवेशन गर्न कति समय लाग्छ त्यसका लागि अस्थायी व्यवस्था गर्न सकिन्छ कि भनेर विशेष महाविधेशनको कुरा ल्याइएको हो,' उनले भने, 'पार्टीको महाधिवेशन प्रतिनिधि छन्। उनीहरुको कार्यकाल तोकिएको छैन। पार्टीको सर्वोच्च शक्ति भनेको महाधिवेशन हो। एउटा अस्थायी व्यवस्था गर्न सक्छ कि भन्ने मात्रै हो। त्यो वाहेकको संकट टार्ने अर्को विकल्प हामीले देखेका छैनौं।'

प्रकाशित: Aug 05, 2021| 14:34 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...