शुक्रबार, वैशाख १४, २०८१

विश्‍वकपमा अपराजित नेपाल!

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- २१ औं संस्करणको विश्वकप रुसमा चलिरहँदा क्वार्टरफाइनल समीकरण पूरा भयो। क्वार्टरफाइनलसम्मको यात्रामा नेपाल अपराजित रह्यो । 

आशा छ, नेपाल फाइनल पुग्नेछ र यो विश्वकप सहज होस् वा संघर्षपूर्ण, अवश्य जित्नेछ। जुनसुकै तवरले भए पनि नेपालले विश्वकप जित्ने पक्का छ । किनकि, हाल मैले नेपाल र नेपालीलाई राम्रोसँग नजिकबाट बुझने अवसर पाएको छु। मैले नेपाल र फुटबललाई जहिलेदेखि बुझ्न थालें, त्यही समयदेखि नेपाल विश्वकपमा निरन्तर अपराजित छ।

जारी विश्वकपमा निकै राम्रा मानिएका केही टोली बाहिरिइसकेका छन् भने केही राम्रा टोली विश्वकपमै सहभागी हुन सकेनन्। जारी विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिँदा, निकै धेरै नेपाली समर्थक रहेको टोली अर्जिन्टिना प्रि-क्वार्टरफाइनलबाट बाहिरियो। प्रि–क्वार्टरफाइनलमा फ्रान्ससँग ४-३ ले पराजित हुँदै जारी विश्वकपमा अघिको यात्रा समाप्त भएको थियो। तर, नेपाल पराजित भएन। 

इटाली र नेदरल्यान्ड्स यस विश्वकपका लागि ‘क्वालिफाइड’ नै हुन सकेनन्। विश्वकपमा इटालीको खेल र नेदरल्यान्ड्सको जर्सी धेरैले सम्झे । किनकि, इटालीको रोमाञ्चक खेल र नेदरल्यान्ड्सको सुन्तला रंगको जर्सीले विश्वकपको रौनक नै बदलिदिन्थ्यो। तर, यो वर्ष त्यस्तो हुन सकेन।

विश्वकप शुरु भयो। आफ्नो समर्थक टोलीको जर्सी किन्दै लगाएर हिँड्ने बजारमा प्रायः देखिए । नेपालमा समर्थक टोलीको फ्यान क्लब नै खोले । समर्थक टोलीको जर्सी लगाउँदै नाराबाजी गरे। बाइक र्‍यालीसमेत निकाले। समूह चरणका खेल शुरु भए । एकअर्का टोलीको आलोचना गर्न थाले । यतिसम्म आलोचना गर्न थाले कि मानौं कुनै युद्धमा होमिएका दुई दुश्मन हुन् र यी दुवै युद्ध गरिरहेका छन् । यो सबै विश्वकपको कमाल हो । एकातिर हामी नेपालीका छोरा ।
 

विश्वकपमा नेपाली समर्थक अपराजित रहँदा नेपाली फुटबल टोलीले अहिलेसम्म छनोटको पहिलो चरण नै पार गर्न सकेको छैन ।



तिनै दुश्मनझैं गरी युद्ध गर्नेहरूका टोली विश्वकपबाट बाहिरिए । कुनै समूह चरणबाटै बाहिरिए भने कुनै शीर्ष १६ बाट । कुनै टोलीले लज्जास्पद हारसम्म बेहोरे तर नेपाली समर्थकले हारेनन्। हिजो एउटा टोलीको गुनगान गाउँदै हिँड्ने नेपाली समर्थकहरू आज आफ्नो पहिलो रोजाइको टोली विश्वकपबाट बाहिरिँदा टोली परिवर्तन गर्दै पुनः अर्कोलाई समर्थन गरे। 

अनि, दोस्रो रोजाइको टोलीको समर्थन गर्दै आफू जित्ने होडबाजीमा छन्। किनकि, नेपाली कोही पनि हार्न चाहँदैनन् । जो सधैं ठाडो शीर पारेर हिँड्ने । अनि, आफ्नो परिचय गुमेको पटक्कै मन नपर्ने । त्यसैले त हो गोपाल योञ्जनले गीत लेखेका छन्:

बनेको छ पहराले यो छाति मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मी पाखुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो

आज धेरैजसो फरक–फरक टोलीका समर्थकहरू भोलि फाइनल पुगुन्जेल एकै टोलीका समर्थक बन्छन्। हिजो युद्ध गर्नेहरू फाइनल खेलमा हातेमालो गर्दै एकअर्कालाई साथ दिन्छन्। 

यतिसम्म कि फाइनल खेलमा पहिलो रोजाइको टोली पराजित हुँदैछ भने अन्त्यमा जितिरहेको टोलीलाई समर्थन गर्दै आफू जितेको घोषणा गर्छन्। यस कुराले पनि प्रष्ट पार्छ कि गोर्खाली कहिल्यै हार्दैन । बरु, नेपाली राष्ट्रिय फुटबल टोली पराजित होला।

तपाईंहरू जान्न चाहनुहुन्छ ? नेपाली समर्थकलाई विश्वकपको कति हदसम्म भूत चढेछ भनेर । समूह चरणको खेलमा ब्राजिल स्विट्जरल्यान्डसँग खेलिरहेको थियो । 

समूह चरणको आफ्नो पहिलो खेलमा ब्राजिल स्विट्जरल्यान्डसँग १-१ को बराबरी खेलिरहेको थियो । स्विट्जरल्यान्डसँग बराबरी खेल्न थालेपछि यता ब्राजिलका नेपाली समर्थकले सहज रूपमा स्वीकार्न सकेनन्। 

उक्त खेल हेरेका २२ वर्षीय एक ब्राजिलका समर्थक बेहोस हुन पुगे। बेहोस भएका उनलाई पत्नीले त्रिवि शिक्षण अस्पताल पुर्‍याएकी थिइन् । 

ब्राजिलको खेल मदिरासहित हेरेका ती समर्थक ब्राजिलले नजित्ने अवस्था आएपछि बेहोस भएका थिए । ब्राजिलका तीन समर्थक विश्वकप हेरेर बेहोस भएपछि त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा स्वास्थ्य परीक्षण गर्दा शरीरमा कुनै खराबी देखिएन। मात्र उनी आफ्नो समर्थक टोलीले हार्छ भन्ने डरले बेहोस भएका थिए ।

विश्वकपमा नेपाली समर्थक अपराजित रहँदा नेपाली फुटबल टिमले अहिलेसम्म छनोटको पहिलो चरण नै पार गर्न सकेको छैन । नेपाली राष्ट्रिय टोलीले सन् १९८६ बाट विश्वकप छनोट खेल्न थालेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...