बिहीबार, वैशाख १३, २०८१

सातै प्रदेशका प्रमुखहरू यसरी हुँदैछन् बर्खास्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नियुक्त भएको ६ महिना नबित्दै प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्ने तयारी भएको छ । केपी ओली नेतृत्वको सरकारले तत्कालीन देउवा सरकारले एकलौटी रूपमा नियुक्त गरेका प्रदेश प्रमुखहरूलाई घर फर्काउने गरी तयारी गरेको हो । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सरकारले १४ भदौपछि गरेका सबै नियुक्ति बदर गर्ने निर्णय गरेको छ । निर्वाचन आचारसंहिता लागू भएपछि गरिएका सबै राजनीतिक नियु्क्ति बदर गर्ने निर्णयसँगै प्रदेश प्रमुखहरूको पद पनि धरापमा परेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले एकलौटी रूपमा ३ माघमा सातै प्रदेश प्रमुख नियुक्त गरेको थियो । 

प्रदेश-१ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख बनाइएको थियो । नियुक्त गरिएका प्रदेश-२ का कायस्थ र प्रदेश-५ का झाबाहेक बाँकी सबै कांग्रेस निकट हुन् । 

तत्कालीन देउवा सरकारले एकलौटी रूपमा निर्णय गरेको बताउँदै तत्कालीन एमाले र माओवादीले नियुक्ति बदर गर्ने चेतावनी दिएका थिए । कामचलाउ सरकारले नियुक्त गरेका प्रदेश प्रमुखको हातबाट प्रदेश सांसदले सपथ नलिनेसमेत चेतावनी दिएका थिए । तर, पछि तिनै प्रदेश प्रमुखबाट उनीहरूले नियुक्ति लिएका थिए । 

केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएको साढे चार महिनापछि राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेको हो । यो निर्णयले प्रदेश प्रमुखहरूलाई पनि छुने कानुनमन्त्री शेरबहादुर तामाङले नेपाल समयलाई जानकारी दिए । उनले भने, ‘सरकारले विधि र प्रकृया पुर्याएर प्रदेश प्रमुख हटाउँछ । त्यसको प्रारम्भका लागि बुधबार निर्णय भइसकेको छ ।’सरकार आफ्नो कदमबाट पछि नहट्नेसमेत उनले बताए । 

संविधानको धारा १६५ को उपधारा १ मा राष्ट्रपतिले पदावधि समाप्त हुनु अगावै पदमुक्त गर्नसक्ने व्यवस्था छ । ओली सरकारले यही धारामा टेकेर प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ । केही दिनभित्रै राष्ट्रपतिलाई पत्र पठाउने गरी तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ ।

यो पनि पढ्नुहोस् 
नियुक्ति खारेज गर्ने निर्णयले राजनीतिक टकराव बढाउँछ : कांग्रेस
सरकारको निर्णयले क-कसको जागिर खोसियो ?
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।