शनिबार, वैशाख ८, २०८१

मानसरोवरमा तीन तीर्थयात्रीको मृत्यु, बाँकी शकुशल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत- मानसरोवर कैलाश पर्वतको तीर्थयात्रामा गएका तीन भारतीय नागरिकको मृत्यु भएको छ । 

यात्राका क्रममा असार १७ र १८ गते एक पुरुषसहित दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरीक्षक सुरतबहादुर चन्दले जानकारी दिए ।  मृत्यु हुनेमा असार १७ गतेका दिन भारत आन्द्र प्रदेश कोरनुल निवासी पासपोर्ट नं। एम।०९०१३०३ का ५६ वर्षीय विनिता सञ्जय खिदाकर रहेको र उनको मृत्यु चीनको डोरपाकमा भएको प्रहरी नायब निरीक्षक चन्दले बताए । 

उनका अनुसार मृतक खिदाकरको शवपरीक्षण ताक्लाकोटमा गरी निजको छोरा केटन सञ्जय खिदाकरको मञ्जुरीनामा अनुसार मंगलबार हुम्लाको हिल्सास्थित कर्णाली नदीको किनारमा दाहसंस्कार गरिएको छ । 

त्यस्तै, असार १८ गते भारत केरला लम्किड निवासी पासपोर्ट नं। एल।५४८६५९५ का ५६ वर्षीया महिला लीलानारायण म्याण्डेथको सिमकोटमा मृत्यु भएको उनले बताए । उनका अनुसार उनलाई शवपरीक्षणका लागि १९ गते सिम्रिक हेलिकोप्टरबाट सुर्खेत हुँदै काठमाडौँ लगिएको छ । 

सोही दिन अर्का तीर्थयात्री भारत आन्द्र प्रदेश काकीनाडा निवासी पासपोर्ट नं। आर।९३२७८६७ का ५७ वर्षीय पुरुष सत्यालक्ष्मी नारायण .(सुब्बा, राओ ग्राण्डी भेरा भेनका) को ताक्लाकोटमा मृत्यु भएको थियो । उनलाई पनि मंगलबार नेपालगन्ज हुँदै भारत लगिएको उनले बताए ।  

हुम्ला जिल्लाका प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठले बाहिर सञ्चारमाध्यममा आएजस्तो तीर्थयात्री कोही पनि अलपत्र नपरेको दाबी गरे । मौसम बिग्रेर हवाई यातायात सेवामा अवरोध भएकाले सिमकोटमा तीर्थयात्रीहरु बस्नु परेको र सबै सकुशल फर्किरहेको उनले बताए । वैशाख–जेठदेखि शुरु हुने तीर्थयात्रामा आठ जना तीर्थयात्रीको हिँड्ने क्रममा मृत्यु भएको उनको भनाइ छ । 

उनका अनुसार आजभोलि पनि भारतीय तीर्थयात्रीहरु आउने–जाने क्रम निरन्तर चलिरहेको छ । मानसरोवर कैलाश समुद्री सतहबाट चार हजारदेखि चार हजार ५०० मिटर उचाइमा रहेकाले विशेषगरी लेक लागेर तीर्थयात्रीको मृत्यु हुने गरेको बताइएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।