शनिबार, वैशाख ८, २०८१

पोखरेली कान्छाको 'हाफ जिन्दगी' सार्वजनिक

‘पोखरेली कान्छा’को उपनामले चिनाउँदै आएका दिनेश लम्सालले संस्मरणात्मक कृति हाफ जिन्दगी सार्वजनिक गरेका छन्।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं- ‘पोखरेली कान्छा’को उपनामले चिनाउँदै आएका दिनेश लम्सालले संस्मरणात्मक कृति हाफ जिन्दगी सार्वजनिक गरेका छन्। निजामती क्षेत्रमा लेखा अधिकृतसमेत रहेका लम्सालको संस्मरणात्मक कृति हाफ जिन्दगी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेतीले बिमोचन गरेका हुन्। 

triton college

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उप्रेतीले निजामती सेवामा लाखौं कर्मचारीमध्येबाट केही कर्मचारी पछिल्ला दिनमा साहित्य लेखनका क्षेत्रमा सक्रिय रहेको पाउँदा खुशी महशुस भएको बताए।

लम्सालले आफ्ना बाल्यकाल, किशोरावय, युवा अवस्थाका भोगाई हाफ जिन्दगीमा उतारेका छन्। विमोचन कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै समालोचक डा. हरि सिलवालले लेखकले कृतिमा आफ्नै जिन्दगीमाथि व्यंग्य गरेको बताउँदै यस्तो सत्य कुरा लेख्ने दुस्साहस जो कोहीले गर्न नसक्ने बताए।

बाल्यकालीन जिन्दगी रोइरहेको, आर्तनाद गरिरहेको र कष्टमय रहेको, शैक्षिक जीवनका हण्डर र ठक्करहरु पठनीय एवं स्मरणीय रहेको सिलवालले  बताए। लम्सालको कृति हाफ जिन्दगी बीएण्डबी पब्लिसर तथा डिष्ट्रिव्यूटर्स प्रालीले बजारमा ल्याएको हो।

यसअघि पोखरेली कान्छाको उपनामले लम्साल व्यँग्य गर्दै आएका छन्। निजामती कर्मचारीलाई सरकारविरुद्ध बोल्न लेख्न बन्देज भए पनि लम्साल भने भोगेका विकृती टुलुटुलु हेरेर बस्न नमिल्ने भन्दै विकृती विसंगतिविरुद्ध व्यँग्य गरिरहन्छन्।

corrent noodles
Metro Mart

प्रकाशित: Aug 05, 2021| 12:59 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।