काठमाडौं- विश्वकप २०१८ जुन १४ देखी सुरु भयो। विश्वकप आयोजनाका लागि रुसले १४०.८ हजार करोड नेपाली रुपैयाँ बराबरको रकम खर्च गर्यो। यो आंकडा ८ वर्षको विश्वकप इतिहासमा सबैभन्दा अधिक हो। यसअघि ब्राजिलमा सम्पन्न सबैभन्दा महंगो बनेको विश्वकपमा कुल १२७.२ हजार करोड नेपाली रुपैयाँ बराबर खर्च भएको थियो। रुस विश्वकपका लागि फिफाले आधिकारिक बजेट करीब २१,०२४ करोड रुपैयाँ तोकेको थियो। तर रूसले ढुवानी तथा यातायात, सुरक्षा, स्वास्थ्यलाई मिलाएर कुल १४०.८ हजार करोड रुपैयाँ खर्च गर्यो।
जारी विश्वकपमा क्वाटरफाइनल समिकरण पुरा भई सक्दा सम्म केही खेलमा गोलको वर्षा भयो। हाल सम्म एउटै खेलमा सबैभन्दा बढी ७ गोल भएका छन्। ७ गोल जारी विश्वकपका तीन खेलमा भएका छन्। जारी विश्वकपमा अहिलेसम्म १४६ गोल भएको छ।
बेल्जियमविरुद्ध ट्युनिसिया (५-२)सात गोल भएको पहिलो खेलको विश्वकपको २७ औं खेल हो। जुन बेल्जियम र ट्युनिसियाबीच भएको थियो। यस खेलमा बेल्जियमले ५ गोल गर्दा जवाफमा ट्युनिसियाले २ गोल फर्काएको थियो। बेल्जियमका लागी लुकाकुले २ गोल गर्दा हाजार्ड र बाटस्युईले एक एक गोल गरे। त्यस्तै ट्युनिसियाका लागी ब्रोन र खाज्रीले एक-एक गोलको योगदान गरे।
पानामाविरुद्ध इंङ्ल्यान्ड (६-१)सात गोल नै भएको दोस्रो खेल हो इंङ्ल्यान्ड र पानामाको। नवप्रवेशी पानामालाई इङ्ल्यान्डले ६-१ गोल अन्तरले पराजित गरेको थियो। इङ्ल्यान्डकालागि कानेले ३ गोल गर्दा स्टोन्सले २ र लिङगार्डले एक गोल गरे। जवाफमा एक मात्र गोल पानामाका लागी एक-एक गोल गरे।
अर्जेन्टिनाविरुद्ध फ्रान्स (४-३)सात गोल नै भएको अर्को खेलहो फ्रान्स र अर्जेन्टिनाबीचको नकआउट चरणको खेल। जसमा फ्रान्सले ४ र अर्जेनिटनाले ३ गोल गरेको थियो। यो खेल जारी विश्वकपको सबैभन्दा प्रतिक्षित र रोमाञ्चक खेल पनि हो। फ्रान्सका युवा स्टार केलियन बाप्पेले २ गोल गर्दा ग्रिजम्यान र पभार्डले एक-एक गोल गरेका थिए। त्यस्तै अर्जेन्टिनाका लागी डि-म्यारिया, मेर्काडो र अग्युरोले समान एक गोल गरे।
पोर्चुगलविरुद्ध स्पेन (३-३) जारी विश्वकपमा सबैभन्दा रोमाञ्चक भएको पहिलो खेल हो पोर्चुगल र स्पेन बिचको। दुवै टोलीले समान तीन-तीन गोल गरेका थिए। यसै खेलमा पोर्चुगली स्टार रोनाल्डोले ह्याट्रिक गोल गरेको थिए। स्पेनका लागी डिएगो कोस्टाले दुई र नाचोले एक गोल गरे। तर, यिनै दुई टोली नकआउट चरणबाट बाहिरि सिकेका छन्।
साउदीविरुद्ध रुस (५-०)जारी विश्वकपको पहिलो खेलहो आयोजक रुस र साउदी अरबियाबीचको खेल। खेलमा साउदी अरबियाले ५–० गोल अन्तरले पराजित हुदै आलोचना भएको थियो । यस खेलमा भोगेको पराजयसँगै साउदी सरकारले टोलीलाई कार्बाही गर्ने बताएका थिए । रुसका लागी डेनिस चेर्सिभले दुई गोल गर्दा गजिनस्के, ज्युवा र गोलोभिनले एक एक गोल गरेका थिए।
जारी विश्वकपमा अझै ८ खेल बाँकी नै छन् । बाँकी खेलमा भने कति गोल हुनेछन् त्यो भने खेल समयमै हेर्ने छौं।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४