बिहीबार, वैशाख १३, २०८१

नेप्से ८ अंकले बढ्यो, सबै समूह हरियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेप्से परिसूचक बुधबार ८.०४ अंकले बढेको छ। सबै समूह हरियो भएपछि नेप्से परिसूचक बढेको हो। नेप्से इण्डीकेटर ०.६८ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११८८.४० बिन्दुमा पुगेको छ।

बुधबार भएको १ सय ६९ कम्पनीको कारोबार हुँदा ८ लाख ३३ हजार ८ सय ९१ कित्ता सेयर किनबेच भएको छ। जसमा २५ करोड ३४ हजार ६ सय ९ रुपैयाँको कारोबार भएको छ।

सेयर बजारमा सबै नौवटै परिसूचक हरियो भएको छ। जसमा सबैभन्दा बढी बीमा समूहको परिसूचक बीमा समूह ६०.८६ अंकले बढेको छ। 

त्यसपछि  होटल समूहको २०.८६, जलविद्युतको १९.५८, विकास बैंक १३.८८, उत्पादनमूलक १२.८६, र माईक्रोफाईनान्समा १२.७६, बैंक ४.९३, अन्य ४.११ र वित्तीय १.०५ अंकले परिसूचक बढेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्