बिहीबार, वैशाख १३, २०८१

तरकारी विचौलियाधारीको कारण कालिमाटी बजार हट्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले भदौसम्मा पनि कालिमाटीका तरकारी विचौलियाहरुले सरकारी मापदण्ड पालना नगरे त्यसैको कारण कालिमाटी बजार हटाइने चेतावनी दिए।

केही हप्ताअघि कालिमाटी फलफूल तथा तरकारी बजारमा स्थलगत अनुगमत गरिएको थियो। उक्त अनुगमनबाट कालिमाटी फलफूल तथा तरकारी बजारमा रहेको ९८ नियम विपरित सञ्चालन गर्ने व्यवसायी उपर मन्त्रालयले कारवाही प्रकृया अगाडी वढाइएको छ। जसमा १३१ व्यवसायी उपर सचेत गराइएको र २०८ व्यवसायी उपर सम्झौताको पूर्ण परिपालना गर्न पत्राचार गरिएको छ।

मन्त्रालयले ती बिचौलियाहरुलाई सरकारी मापदण्ड पलना गर्न निर्देशन दिएका थिए। ‘ती दोषी देखिएको स्टलहरु नसुध्रिए कारबाही अघि बढाउने छौं,’उनले भने, ‘भदौसम्म पनि कुनै सुधार भएन भने आवश्यकता अनुसार कालिमाटी बजार नै बन्द गर्न बाध्य हुने छौं।’ सुधारको लागि हदैसम्मको समय दिएको उनको भनाइ छ। 

जेठ तेस्रो सातादेखि मन्त्री खनालले कालिमाटीबाट कृषि क्षेत्रको बिचौलिया बिरुद्धको अप्रेसन शुरु गरिएको थियो।

अनुगमनको क्रममा उनले कालिमाटी तरकारी बजारमा बिचौलियाको ३-४ वटा तह परेको फेला पारेको थियो। साथै त्यहाँ बजार र स्टल कब्जा गर्ने, एउटा स्टलको स्पेस भाडामा लिएर ८ देखि १० हजार रुपैयाँ मात्र समितिलाई बुझाउने र विचौलियाले २ लाख रुपैयाँसम्म लिने गरेको भेटिएको थियो।
 
त्यसै दिन सरकारी मापदण्ड अनुसार व्यवसाय नगर्ने कालिमाटी फलफुल तथा तरकारी बजारका व्यापारीलाई हटाइने घोषणा मन्त्री खनालले गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्