धनगढी- कैलाली र अछाममा गरी पानीमा डुबेर तीन बालकको ज्यान गएको छ । कैलालीमा दुई र अछाममा एक बालकको पानीमा डुबेर ज्यान गएको हो ।
कैलालीको गौरीगंगा नगरपालिका बडा नम्बर ११ शिबपुरमा मंगलबार साँझ खोलामा डुबेर दुई बालकको ज्यान गएको छ ।
स्थानीय कटैनी नदिमा साथीहरुको साथमा नुहाउन गएका शिबपुरका हर्क भुलका आठ बर्षका छोरा सचिन भुल र बाधुराम चौधरीका १२ बर्षका छोरा अमन चौधरीको करिव साढे ५ बजेतिर ज्यान गएको इलाका प्रहरी कार्यालय मसुरीयाले जानकारी दिएको छ ।
बाढीका कारण नदिमा पानीको सतह बढेकोले पौडिन नसकेर उनीहरुको ज्यान गएको स्थानीय ध्वजबहादुर खातीले जानकारी दिए । बालक डुबेको खबर सुनेपछि ध्वजसहित नदिमा गएका सुरेश बोगटी, सुमन रावल र विरेन्द्र कुँवरले करिब एक घण्टा पछि शव निकालेका थिए ।
नदिमा पानी धमिलो हुँनुका साथै सतह बढेकोले शव निकाल्न निकै कठिनाई भएको खातीले जानकारी दिए । दुबै बालक कालिका आधारभुत विद्यालय शिवपुरमा अध्ययनरत छन् । दुवै बालकको शब पोस्टमार्टमको लागि सेती अंचल अस्पताल धनगढी पु¥याईएको छ ।
यस्तै अछामको रामारोशन गाँउपालिका–७ सुतारमा सोमबार बेलुकी एक बालिकाको पोखरीमा डुबेर ज्यान गएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार लालबहादुर भण्डारीकी सात बर्षीया छोरी बिनिता भण्डारीको पोखरीमा डुबेर ज्यान गएको हो । रामारोशनमा एक बर्षको अवधिमा पाँच जना बालबालिकाको पानीमा डुबेर ज्यान गइसहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४