काठमाडौं- जारी विश्वकपमा कोलम्बिया र इङ्ल्याण्डले बराबरी खेलेपछि खेलमा अतिरिक्त समय थप गरिएको छ । खेलको ५७ औ मिनेटमा पेनाल्टी मार्फत गोल गरेको इङ्ल्याण्डले इञ्जुरी समयमा समालिन नसक्दा खेल १-१ को बराबरीमा पुग्यो ।
कप्तान ह्यारी केनलाई डीएरियाभित्र लडाएपछि पाएको पेनाल्टीमा ह्यारी केनले नै गोल गरेका थिए ।
त्यसपछि कोलम्बियाले खेलको इञ्जरी समय अर्थात ९३ औ मिनेटमा आकर्षक कमव्याग गर्यो । कोलम्बियाका लागि सो गोल एरी. मिनाले गरेका हुन्। यो गोलसँगै खेल अतिरिक्त ३० मिनेटमा पुथेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४