शनिबार, वैशाख ८, २०८१

डा केसीको सर्मथनमा निस्कियो नाङ्गो जुलुस 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- चिकित्सा शिक्षा विधेयक जस्ताको त्यस्तै पारित हुनुपर्ने माग राख्‍दै गत शनिबारदेखि आमरण अनशन बसिरहेका प्राध्यापक डा गोविन्द केसीको समर्थनमा जुम्लामा नाङ्गो जुलुस प्रर्दशन भएको छ।

नागरिक समाज जुम्लाको नेतृत्वमा डा केसी को अनसनलाई एक्यबद्धता जनाउँदै मंगलबार दिउँसो नाङगो जुलुस निकालिएको हो। चारदिनदेखि अनशनरत डा केसीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको बताईएको छ।

नेपाल चिकित्सक संघ जुम्लाले डा केसीको जिवन रक्षाको माग गर्दै आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेको छ।

कर्णाली स्वास्थ्य प्रतिस्ठानको चिकित्सकको टोलीले केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको र जिल्लामा उपलब्ध  साधन स्रोत उपचारको लागी पर्याप्त नभएको भन्दै उपचार गर्न नसक्ने जनाउँदै फिर्ता भएको छ। 

केसीले जिल्ला प्रशासन कार्यालय जुम्लाले खटाएको चिकित्सक  टोलीबाट उपचार सेवा लिन मानेका छैनन। कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठान जुम्लाको भवनमा अनशन बस्न लागेका केसी लाई गृहमन्त्रालयको आदेशमा सो स्थानमा अनसन बस्न नदिएपछि जिल्लाको जिर्ण कवर्डहलमा अनशन बसीरहेका छन्। 

यता प्राडा केसीले आफूले राखेका माग सरकारले पूरा नगरेसम्म जीवनमरणको लडाई जारी राख्ने बताएका छन्। 

चिसो र अँध्यारो ठाउँमा राखिएकाले डा केसीको स्वास्थ्य निकै कमजोर बन्दै गएको मेडिकल डाइरेक्टर डा पूजन रोकायाले बताए। उनका अनुसार डा केसीको मुटुको ढुकढुकी बढ्ने, छाती दुख्ने, रिंगटा लाग्ने, हातखुट्टा बाउँडिने, सुन्निने, टाउको दुख्ने समस्या बढ्दै गएको छ ।

तस्बिर स्रोत : सामाजिक सञ्जाल
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।