काठमाडौं- विदेशबाट नेपाल आउने अन्तर्राष्टिय कल वाइपास गर्ने भारतीय नागरिक जफर खानलाई केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले काठमाडौंबाट पक्राउ गरेको छ।
भारतको नयाँ दिल्लीका खानले कलवाइपास गर्ने स्थानबाट विभिन्न उपकरणसमेत बरामद गरिएको छ।
व्यूरोद्वारा सञ्चालित अपरेसन भ्वाईस फक्स, अन्र्तगत काठमाडौं ३२ शुभकामनामार्गस्थित रमेश सिंह हमालको घरबाट जफर खान पक्राउ परेका हुन्।
अवैध भिओआईपी विरुद्ध हालसम्म १०३ स्थानमा गरिएको कारबाहीमा १२६ नेपाली तथा ३४ जना विदेशी पक्राउ परेका छन।
उनीहविरुद्ध ११ अर्ब ९० करोड ३८ लाख भन्दा बढीको बिगो माग दाबी गरीएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४