शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ३ वर्षदेखि आन्दोलित विद्यार्थीले गरे थप आन्दोलनको घोषणा

३ वर्षदेखि आन्दोलित विद्यार्थीले गरे थप आन्दोलनको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- विगत ३ वर्षदेखि आन्दोलनमा रहेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीहरुले थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन। 

इन्जिनियरिङ संकाय स्वायत्त हुनुपर्नेलगायतका विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले आफ्ना मागहरुप्रति विश्वविद्यालय प्रशासनले वेवास्ता गरेको भन्दै सोमबार पत्रकार सम्मेलन गरी थप आन्दोलनका कार्यक्रमहरु सार्वजानिक गरेका हुन। 

आन्दोलनरत विद्यार्थीहरुले असार १९ गते मंगलबार मुख्यमन्त्रीको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र आमरण अनसन बस्ने बताएका छन। त्यस्तै २० गते बुधबार विश्वविद्यालयको नाममा रहेका सवारी साधन ठप्प पार्ने र विश्वविद्यालयका सम्पुर्ण प्रशासन बन्द गर्ने बताएका छन। 

आन्दोलनका अगुवा रोसन बस्नेतले संकायलाई विश्वविद्यालय प्रशासनले वास्ता नगरेको, दक्ष तथा अनुभवी शिक्षकको व्यवस्थापन गर्न नसकेको र पैसा मात्रै कमाउने काम गरेको विद्यार्थीको आरोप छ। बस्नेतले विश्वविद्यालय प्रशासनले आफना माग पूरा नगरेकाले थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको बताए। उनले विश्वविद्यालय प्रशासनले विद्यार्थीको भविश्यमाथि खेलबाड गरेको भन्दै आक्रोस पोखेका छन्।

हाइड्रो इन्जिनियरिङ्गको पूर्ण पाठ्यक्रम उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गरिनुपर्ने र १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने लगायत माग राख्दै आएका विद्यार्थीहरुले इन्जिनियरिङ संकायलाई विश्वविद्यालय प्रशासनले वास्ता नगरेको बताउँदै आएका छन । 

विद्यार्थीहरुले विश्वविद्यालय इन्जिनियरिङ्ग संकाय अन्तर्गत केन्द्रिय क्याम्पसका डिन र क्याम्पस प्रमुखलाई  निलम्बन गरेकोप्रति पनि आपति जनाएका छन । उता विश्वविद्यालयले विश्वविद्यालयको ‘सांगठनिक तथा शैक्षिक प्रशासनिक नियमावली’ अनुसार डिन वीरेन्द्र खड्का र क्याम्पस प्रमुख विवेककुमार पण्डित निलम्बनमा परेका थिए।

इन्जिनियरिङ संकायको भर्ना तथा परीक्षा सञ्चालनमा लापरवाही गरेको भन्दै उनीहरुलाई निलम्बन गरिएको विश्वविद्यालय स्रोतले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।