बिहीबार, वैशाख १३, २०८१

विदेश कपडा निर्यात गर्ने नेपाली उद्योग (भिडियोसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
 ललितपुर- नेपाल खाद्यान्यसहित लत्ताकपडामा पनि परनिर्भर छ। ललितपुर लुभुस्थित लक्ष्मीनारायण टेक्सटाइल उद्योगको कुरा फरक छ। त्यस उद्योगबाट उत्पादित कपडा विदेश निर्यात हुन्छन्।
हाते तानको प्रयोगबाट शुरु भएको हो, यो उद्योग। अहिले आधुनिक मेसिनको प्रयोगबाट कपडा बुन्ने गरिएको छ। सुतीका कपडा, सल, ढाका कपडा, साडी बनाइने गरेको उद्योगका प्रबन्धक मिलन श्रेष्ठले नेपाल समयलाई जानकारी दिए। थप नयाँ प्रविधिमैत्री बनाएर अगाडि बढाउने श्रेष्ठको योजना छ।
यहाँ उत्पादित कपडा ललितपुरको मंगलबजार, काठमाडौंको असन, ठमेललगायत ठाउँबाट बिक्री हुन्छन्। उत्पादनको ठूलो हिस्सा विदेश निर्यात हुने गरेको श्रेष्ठले जानकारी दिए।

अन्य उद्योगमा जस्तै लक्ष्मीनारायण टेक्सटाइलमा पनि कामदारको अभाव छ। सोही कारण नयाँ प्रविधि मैत्री बन्ने प्रयासमा उद्योग व्यवस्थापन लागेको हो। आफैंले सीप सिकाएर कामदार उत्पादन गरी उद्योग चलाउनुपर्ने भएकाले नाफा कमाउन चुनौतीपूर्ण रहेको श्रेष्ठको भनाइ छ।आवश्यक कच्चा पदार्थ स्वदेशमै उपलब्ध नहुँदा उत्पादन खर्च बढेको उनी बताउँछन्। यस उद्योगका लागि आवश्यक कच्चा पदार्थ भारतबाट ल्याइने गरेको छ।


 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्