मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • शान्ति मिसनमा जाने प्रहरीको प्रश्नपत्र बाहिरिनुमा 'आर्थिक चलखेल'

शान्ति मिसनमा जाने प्रहरीको प्रश्नपत्र बाहिरिनुमा 'आर्थिक चलखेल'

‘आर्थिक लोभ र आफ्ना मान्छेलाई मिसनमा पठाउने गलत मनसाय बोकेकाहरुले यस्तो हर्कत गर्छन्’, पूर्व डीआईजी रमेश खरेल भन्छन्, ‘मिसनमा जाँदा राम्रो आम्दानी गर्न पाइन्छ भनेर प्रश्नपत्र किनबेच हुन्छ। मिसनमा जानेहरूको पारदर्शी चयन नभएसम्म यस्तो भइरहन्छ।’
 |  बिहीबार, साउन २१, २०७८

अंगद सिंह

अंगद सिंह

बिहीबार, साउन २१, २०७८

काठमाडौं– संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि प्रहरी प्रधान कार्यालयले लिने परीक्षाको प्रश्नपत्र आर्थिक चलखेलका कारण बाहिरिने गरेको छ। नेपाल प्रहरीका पूर्व अधिकारीहरूले यूएन मिसनमा जाँदा राम्रो आम्दानी हुने भएकाले प्रश्नपत्र किनबेच हुने गरेको स्वीकारेका हुन्।

triton college

पूर्व डीआईजी रमेश खरेल जिम्मेवार निकाय गैरजिम्मेवार बन्दा प्रहरी संगठनमा घटना भइरहने बताउँछन्।  ‘आर्थिक लोभ र आफ्ना मान्छेलाई मिसनमा पठाउने गलत मनसाय बोकेकाहरुले यस्तो हर्कत गर्छन्’, खरेल भन्छन्, ‘मिसनमा जाँदा राम्रो आम्दानी गर्न पाइन्छ भनेर प्रश्नपत्र किनबेच हुन्छ। मिसनमा जानेहरूको पारदर्शी चयन नभएसम्म यस्तो भइरहन्छ।’

प्रहरी संगठन नीतिनियम र कानुनअनुसार चलेमा यस्ता घटना नहुने उनको भनाइ छ। ‘शान्ति मिसनमा जान आर्थिक चलखेल पहिल्यैदेखि हुँदै आएको छ। यसलाई रोक्न नसक्दा पछिल्लो घटना भएको हो’, उनी भन्छन्।

पछिल्लोपटक नेपाल प्रहरीले सन् २०२२ को संयुक्त राष्ट्रसंघको शान्ति मिसन (यूएन मिसन) सहभागीका लागि लिएको ‘प्रि–स्याट’ परीक्षाको प्रश्नपत्र बाहिरिएको छ। प्रश्नपत्र किनबेचमा प्रहरी कर्मचारी नै संलग्न रहेको पाइएपछि प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ। प्रधान कार्यालयको यूएन शाखामा कार्यरत परिचर सुरेश बम र साइबर ब्यूरोमा कार्यरत प्रहरी हवल्दार कुमार साह थुनामा छन्।

प्रि–स्याटको प्रश्नपत्र यूएन शाखाका प्रहरी उपरीक्षक एसपी अनुपशमशेर जबराको घर्रामा राखिए पनि त्यहाँ कार्यरत परिचर बमले अर्को चाबी प्रयोग गरी प्रश्नपत्र लिक गरेका थिए।

प्रहरी प्रधान कार्यालयले गत शुक्रबार र शनिबार दुई चरणमा शान्ति मिसन जाने प्रहरी कर्मचारीको परीक्षा लिएको थियो। परीक्षामा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्म सहभागी थिए। शनिबारका लागि तोकिएको परीक्षा अगावै प्रश्नपत्र ‘लिक’ भएपछि नयाँ प्रश्नपत्र बनाई परीक्षा लिएको छ।

corrent noodles
Metro Mart

डीएसपीसहित आठ जना परीक्षार्थीको हातमा प्रि–स्याटको प्रश्नपत्र पुगेको बताइएको छ। प्रि–स्याटको प्रश्नपत्र यूएन शाखाका प्रहरी उपरीक्षक एसपी अनुपशमशेर जबराको घर्रामा राखिए पनि त्यहाँ कार्यरत परिचर बमले अर्को चाबी प्रयोग गरी प्रश्नपत्र लिक गरेका थिए।

छानबिनका लागि प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाको संयोजकत्वमा समिति गठन गरेको छ।

प्रहरीका प्रवक्ता तथा एसएसपी वसन्तबहादुर कुँवर गलत नियत भएका केही व्यक्तिले स्वार्थपूर्तिका लागि प्रश्नपत्र लिक गरेकोे बताउँछन्।

‘प्रश्नपत्र लिक गर्नु कानुनविपरीत हो तर केही गलत नियत बोकेका स्वार्थी मान्छेले कुनै लोभमा परी यस्तो काम गरेका छन्’, उनले भने, ‘हामी छानबिन गरिरहेका छौं, गलत काम गर्नेलाई कारबाही हुन्छ।’
‘प्रश्नपत्र लिक गर्नु कानुनविपरीत हो तर केही गलत नियत बोकेका स्वार्थी मान्छेले कुनै लोभमा परी यस्तो काम गरेका छन्’, उनले भने, ‘हामी छानबिन गरिरहेका छौं, गलत काम गर्नेलाई कारबाही हुन्छ।’

नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल घटना जेजस्तो भए पनि बाहिर ल्याई छानबिन गरी कारबाही गर्ने प्रणाली बसाल्नुपर्ने बताउँछन्।

‘कहिले प्रहरी संगठनभित्र त कहिले स्कुल कलेजमा यस्ता घटना हुने गरेका छन्। प्रहरी संगठनले घटना बाहिर ल्याई कारबाही गर्ने भनेको छ। यो राम्रो पक्ष हो’, मल्ल भन्छन्।

प्रश्नपत्र लिक गर्नेलाई कारबाही गरे प्रहरी संगठनको छविमा कुनै असर नपर्ने भन्दै उनले यसो गर्दा गलत नियत बोकेकाहरू सतर्क हुने बताए।

शान्ति मिसनमा जान लिइने परीक्षाकोे प्रश्नपत्र बाहिरिएको यो पहिलो  भने होइन। यसअघि सशस्त्र प्रहरी र नेपाल प्रहरीकै सन् २०१८ को मिसनमा सहभागिताका लागि लिइएको परीक्षाको प्रश्नपत्र लिक भएको थियो। 

शान्ति मिसन नेपाल प्रहरीका लागि आकर्षणको केन्द्र बन्दै आएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले लामो समयदेखि शान्ति मिसनमा सहभागिता जनाउँदै आएका छन्।

प्रहरीले शान्ति मिसनमा जान परीक्षा पास गर्नुपर्ने प्रावधान राखेको छ। सन् २०२२ मा शान्ति मिसनमा जान लिइएको प्रि–स्याट परीक्षामा २ हजार ३ सय जना परीक्षार्थीले सहभागी भएका छन्।

प्रकाशित: Aug 05, 2021| 11:23 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।