शुक्रबार, वैशाख ७, २०८१

बन्धक बनाइएकी थिइन् सांसद विमला वली?

लुम्बिनी प्रदेशमा सत्ता राजनीतिको केन्द्र भागमा रहेकी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वली आज बिहीबार दिउँसो सार्वजनिक हुने भएकी छन्।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

बुटवल– लुम्बिनी प्रदेशमा सत्ता राजनीतिको केन्द्र भागमा रहेकी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वली आज बिहीबार दिउँसो सार्वजनिक हुने भएकी छन्। साउन १५ गतेदेखि माओवादी केन्द्रको सम्पर्कमा नरहेकी सांसद वलीले सोमबार मात्रै नेकपा एमालेमा फर्केको विज्ञप्ति सार्वजनिक गरेकी थिइन्। 

triton college

तर, भोलिपल्ट बुधबार निकै हतास मनस्थितिमा नेकपा माओवादी केन्द्र लुम्बिनी संसदीय दलको कार्यालयमा पुगिन्। '५ दिनसम्म बन्धक हुनुभएको सांसद पार्टीको सम्पर्कमा आउनुभयो, उहाँ कुन अवस्थामा कहाँ हुनुहुन्थ्यो, त्यो सबै कुरा दिउँसो पत्रकार सम्मेलनमा भन्नुहुनेछ,' नेकपा माओवादी केन्द्र लुम्बिनीका प्रमुख सचेतक तुलाराम घर्ती मगरले भने। सांसद वली मानसिक रुपमा विक्षिप्त अवस्थामा बन्धनबाट फुत्केर पार्टीको सम्पर्कमा आएको उनले बताए। 

नेकपाबाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ 'ख' बाट निर्वाचित वलीले सर्वोच्चले नेकपा खारेज गरी एमाले र माओवादी ब्युँताइदिएपछि माओवादी केन्द्र रोजेकी थिइन्। गत वैशाख १९ गते मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएकै दिन वलीले प्रदेशसभामा माओवादी केन्द्र रोजेको पत्र बुझाएकी थिइन्। 

त्यसलगत्तै लुम्बिनीको राजनीतिमा उतारचढाव शुरु भएको हो। जसपाको उप्रेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि पोखरेल सरकारका तीन मन्त्रीको सांसद पद निलम्बन गरेको थियो। साउन १५ गते प्रदेशसभाले तीन सांसद पद रिक्त रहेको सूचना निकाले लगत्तै सांसद वली सम्पर्कविहीन भएकी थिइन्। 

सांसद विमलाको घाँटीको स्वास्थ्य उपचार गराउन भन्दै एमाले नेताहरुले नेपालगञ्ज सँगै जाने भनेर एउटै गाडीमा लगेका थिए। तर, बीच बाटोबाटै बुटवलतर्फ ल्याएर बन्धक बनाएको माओवादीको दावी छ। 'हामीले प्रशासनको सहयोगमा खोजी गरिरहेका थियौं, माननीय विमलाजी बन्धक नै हुनुभएको थियो,' माओवादी केन्द्र लुम्बिनीका प्रमुख सचेतक घर्तीले भने।  माओवादी नेताहरुले मुख्यमन्त्री कार्यालयमा सांसद वलीलाई बन्धक बनाएर राखेको आरोप लगाएका छन्। 

corrent noodles
Metro Mart

विमला माओवादी केन्द्रमा फर्केपछि विपक्षी गठवन्धनको पक्षमा ४२ सांसद संख्या पुगेको छ। प्रदेश सभामा हाल कायम ८० सदस्यीय सदस्यमा सत्ता पक्षमा ३८ मत छ भने विपक्षमा ४१ मत छ। विपक्षी गठबन्धनले मुख्यमन्त्री विरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरेर विशेष अधिवेशनको माग गरेको छ।

प्रकाशित: Aug 05, 2021| 11:20 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...