काठमाडौं- ब्राजिल जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबारको खेलमा मेक्सिकोलाई २-०ले पराजित गर्दै ब्राजिलले क्वाटरफाइनलमा यात्रा तय गरेको हो ।
खेलको ५१ औं मिनेटमा ब्राजिलका स्टार नेयमारले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । उनले विलीयनको पासलाई सहि सदुपयोग गर्दै गोल गरेका थिए । दोस्रो हाफको सुरुवाती समयमै गोल खादै मेक्सिको दबाबमा परेको थियो ।
तर, खेल सकिन ४ मिनेट बाँकी छदा फिलिप्पे कउटिन्होको स्थानमा मैदान प्रवेश गरेका रोबर्टो फिर्मिनोले उत्कृष्ट गोल गरेका हुन । उनले मैदान प्रवेश गरेको २ मिनेटमै गोल गरेका हुन । उनी ८६ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
शुरुवातदेखिनै दुबै टोलीले आक्रमक रुपमा खेल प्रस्तुत गरे पनि गोल भने गर्न सकेका थिएनन्। ब्राजिलले पहिलो हाफको दौरान केहि अबसर पाएको थियो । तर, कुनै गोल गर्न सकेनन् ।
उता मेक्सिकोका गोलरक्षक गुल्लेर्मो ओचवालले दोस्रो हापमा दुई गोल खाएपनि पहिलो हाफमा उत्कृष्ट बचाउ गर्दा ब्राजिलकालागी टाउको दुखाई बनेका थिए । उनले ब्राजिलीयन खेलाडीले प्रहार गरेका ८ प्रहार असफल पारिदिएका थिए ।
पुरै खेलभरी मेक्सिकोले आक्रमक खेले पनि गोल पोस्टमा एक मात्र प्रहार गरे । जुन अवसर पहिलो हाफमानै जुराएका थिए । दोस्रो हाफमा मेक्सिकोले कुनै पनि गोलको अवसर जुराउन सकेन ।
खेल अवधिभर रेफ्रिले ६ पहेलो कार्डको प्रयोग गरे । उनले चार पहेलो कार्ड मेक्सिकोका खेलाडी विरुद्ध पहेलो कार्ड प्रयोग गरेका थिए भने दुई पहेलो कार्ड ब्राजिलका खेलाडीविरुद्ध प्रगोग गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४