बिहीबार, वैशाख १३, २०८१

सर्पको डसाईबाट चारको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
महोत्तरी-सर्पदंशबाट महोत्तरीमा एकैदिन चारजनाको ज्यान गएको छ । महोत्तरीको बर्दिवास र गौशालामा विषालु सर्पको डसाईबाट चारजनाको ज्यान गएको हो । 

बर्दिवास नगरपालिकामा दुई र गौशाला नगरपालिकामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्पको डसाईबाट बर्दिवास-५ का २७ वर्षका बलबहादुर तामाङ, बर्दिबास ६ का ७३ वर्षका तिलकमाया राउत, गौशाला नगरपालिका-१२ का ३६ वर्षका सुशीलकुमार सिंह र ११ वर्षका मनिष राउतको मृत्यु भएको हो । 

तामाङको बर्दिवासस्थित सर्पदंश उपचार केन्द्रमा उपचार गर्न नसकिएपछि थप उपचार गर्न बाहिर लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

त्यसैगरी गौशाला नगरपालिकाका सिंह र राउतलाई उपचारको लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको सर्पदंश उपचार केन्द्रले जनाएको छ । वर्षा मौसम शुरु भए सँगै तराई क्षेत्रमा सर्पको बिगबिगि बढेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।