बुधबार, वैशाख १२, २०८१

केन्द्रीय कमिटी बैठक अघि माधव पक्षीय स्थायी कमिटी सदस्य छलफलमा

नेकपा एमालेको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठक अघि स्थायी कमिटी सदस्यहरू छलफल जुटेका छन्।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं- नेकपा एमालेको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठक अघि स्थायी कमिटी सदस्यहरू छलफल जुटेका छन्। एक स्थायी कमिटी सदस्यले केन्द्रीय कमिटीको बैठक अघि स्थायी कमिटीका सदस्यहरूबीच छलफल भइरहेको जानकारी दिए। 

triton college

अहिले ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा केन्द्रीय कमिटी बैठक बोलाइएको छ। एमालेभित्रको एकता र भावी रणनीतिका विषयमा छलफल गर्न नेपालले केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन्। 

बुधबार नै बैठक बोलाइएको भए पनि आवश्यक तयारी नपुगेको र उपत्यका बाहिरका केन्द्रीय सदस्य आउन समय लाग्ने भन्दै आजको लागी सारिएको थियो। यसैबीच नेकपा एमालेले विज्ञप्ति जारी गर्दै नेकपा एमालेको आज कुनै केन्द्रीय कमिटी बैठक नरहेको जनाएको छ। कार्यालय सचिव शेर बहादुर तामाङले विज्ञप्ति जारी गर्दै एमाले केन्द्रीय कमिटीका नाममा बैठक बोलाइएको सुन्नमा आएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। 

‘पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टीको विधान विपरीत हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ता अपिल गर्दछ,’ तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: Aug 05, 2021| 10:24 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...