काठमाडौं- विश्वकप फुटबल २०१८ अर्न्तगत शनिबारको प्रि-क्वाटरफाईनलको पहिलो खेलका लागी नेपाल समयले पोल गरेको छ। एक पटकको विश्वकप विजेता स्पेन र आयोजक राष्ट्र बिचको यो खेल कस्ले जित्ला भनी प्रश्न सोधिएको थियो।
पोलको परिणामको नतिजा सार्वजनिक गरिएको छ । सामाजिक सञ्जाल फेसबुकबाट गरिएको पोल परिणामलाई हेर्दा रुस अग्रपंक्तिमा छ ।
शनिबार साँझदेखि गरिएको पोल सार्वजनिक गर्दा रुसको पक्षमा ५५ प्रतिशत मत परेको छ भने रुसको प्रतिपक्षी टोली स्पेनको पक्षमा ४५ प्रतिशत मत खसेको छ ।
हेरौं, नेपाल समयका पाठक तथा दर्शकले गरेको अनुमान कस्तो हुन्छ?
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४