शुक्रबार, वैशाख १४, २०८१

गंगामायाको ज्यान खतरामा, घाँटीबाट स्लाइन दिइयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- विगत एक दशकदेखि छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाही माग गर्दै आएकी गोरखा फुजेलकी नन्दमाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर भएको छ।

मानवअधिकारवादी चरण प्रसाईं, कनमणि दीक्षित, कांग्रेस नेता अर्जुननरसिंह केसीलगायतले आइतबार उनको स्वास्थ्यस्थितिको जानकारी लिँदै जीवन रक्षाका लागि सरकारसँग माग गरे।

पछिल्लो समय १५ जेठदेखि छोरा कृष्णप्रसादको हत्या गर्ने दोषीलाई कारवाही माग गर्दै आमरण अनसन बसेकी गंगामायाको शरीर सुन्निएर जटिल बनेको छ। उनको हात सुन्निएर नसा नभेटिएपछि घाँटीको नसाबाट स्लाइन दिइएको वीर अस्पतालका निर्देशक डाक्टर भूपेन्द्र बस्नेतले बताए।
 
नन्दमायाका छोरा कृष्णप्रसादको स्थायी घर गोरखाको फुजेलबाट चितवन आफन्तकोमा गएको बेला तत्कालीन माओवादी कार्यकर्ताले २४ जेठ ०६१ मा हत्या गरेका थिए।

छोराको हत्याका दोषीलाई कारवाही गर्नुपर्ने बताउँदै आमा गंगामाया र बुवा नन्दप्रसादले आमरण अनशन थालेका थिए। अनशनकै क्रममा नन्दप्रसादको ६ असोज ०७१ मा वीर अस्पतालमा आमरण अनशन बसेको तीन सय ३४ औं दिनमा मृत्यु भएको थियो। नन्दप्रसादको अन्त्येष्टी अझै भएको छैन। उनको शव शिक्षण अस्पताल महाराजगञ्जमा छ।

कांग्रेस नेता केसीले सर्वोच्च अदालतको आदेशलाई समेत सरकारले बेवास्ता गर्दै दोषीको खोजी नगरेर दण्डहीनतालाई प्रश्रय दिएको बताए। उनले कृष्णप्रसादको हत्यारालाई कानुनबमोजिम कारवाही गर्न आफूले संसदमा विगतमा आवाज उठाउँदै आएको बताउँदै मानवअधिकारवादीसँग पनि गंगामायाको जीवन रक्षाका लागि दबाब दिन माग गरे।

छोरा कृष्णप्रसादको हत्यामा संलग्न भएको भनी प्रहरीले विगतमा मुद्दा चलाए पनि पछि निष्कृयता देखाएको थियो। कृष्णप्रसादको हत्याका दोषीहरू छविलाल पौडेल, जानुका पौडेल, भीमसेन पौडेल र रामप्रसाद अधिकारीलाई हत्या अभियोगमा कारवाही माग गर्दै गंगामायाले अनशन शुरु गरेकी हुन्। 

वीर अस्पतालको आईसीयूको ६ नम्बर बेडमा राखिएकी गंगामाया बोल्न नसक्ने अवस्थामा छिन्। उनले अरूले बोलेको सुनेर आँखाले इशारा गर्ने गर्छिन्। गंगामायालाई राखिएकै आईसीयूको बेडमा उनका पति नन्दप्रसादको निधन भएको मानवअधिकारकर्मी चरण प्रसाईंले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।