देहरादुन-भारतको उत्तराखण्डको पौडी–गढवालमा आइतबार बिहान बस दुर्घटना भएको छ । त्यसमा परी २० जनाको मृत्यु र १२ घाइते भएका छन् ।
स्थानीय प्रहरीका अनुसार उक्त बस भौनबाट रामनगर जाँदै थियो । अर्को गाडीलाई बचाउन खोज्दा बस खोंचमा खसेको थियो ।
'स्टेट डिजास्टर रेस्पोन्ड फन्ड' (एसडीआरएफ)को टोलीलाई हेलिकोप्टरबाट घटनास्थलमा पुर्याइएको छ । घटनास्थल कञ्चनपुरको महेन्द्रनगरबाट तीन सय ७१ किलोमिटर टाढा पर्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४