काठमाडौं-विश्वकप फुटबल २०१८ अन्र्तगत जारी खेलको पोलिङ नतिजामा अर्जेन्टिनाले फ्रान्सलाई हराउने भएको छ । शनिबार अर्जेन्टिना र फ्रान्सबीच हुने पहिलो प्रि–क्वाटरफाईनल खेलमा अर्जेटिनाको जीत निश्चित भएको पोलिङ नतिजा प्राप्त भएको छ ।
सामाजिक सञ्जाल फेसबुकबाट गरिएको पोल परिणामलाई हेर्दा अर्जेन्टिना अग्रपंतिमा छ । शुक्रबार साँझबाट शुरु भएको पोलिङको खेल शुरु सम्मको अवस्थामा अर्जेन्टिनाको पक्षमा ६० प्रतिशत मत परेको छ भने अर्जेन्टिनाको प्रतिपक्षी टोली फ्रान्सको पक्षमा ४० मतमात्र मत खसेको छ ।
हेरौं नेपाल समयका पाठक तथा दर्शकले गरेको अनुमान कस्तो हुन्छ । खेलको मुख्य हाइलाइट नेपाल समयले अपडेट गर्नेछ ।