जुम्ला- सरकारी अवरोधका वाबुुजुद डा.गोविन्द केसीले अनसन सुरु गर्ने तयारी गरेका छन् । सरकारले उनी अनसन बस्ने क्षेत्रलाई लक्षित गरि निषेधित क्षेत्र घोषणा गरेपनि उनी अनसनबाट पछि नहट्ने निर्णयमा पुगेका हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबारदेखि अनशन बस्ने तयारी गरिरहेका डा. केसीको अनसनलाई लक्षित गरि जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधित क्षेत्र घोषणा गरेको छ ।
गृह मन्त्रालयको निर्देशन अनुसरा जुम्ला सदरमुकाका तीन क्षेत्रमा कुनैपनि किसिमको अनशन आन्दोनल तथा नारा जुलुस जस्ता विरोधका कार्यक्रम गर्न नपाउने गरी सूचना जारी गरेको हो ।
डा केसी जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा अनसन बस्ने तयारीमा छन् । उनी अनसनका लागि जुम्ला पुगिसकेका छन् ।
चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै डा. केसी अनशन बस्न थालेका हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौपछि पनि एमबीबीएस विद्यार्थी भर्ना सुरु हुन नसकेको र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी गेटा मेडिकल कलेजको प्रगति सुस्त भएको विषयमा पनि उनले आवाज उठाएका छन् ।
...................
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४