काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यानडामा हुने ग्लोबल टि-२० लिग खेल्न शुक्रबार राति भारतको नयाँ दिल्लीबाट क्यानडा प्रस्थान गर्दैछन्।
ग्लोबल टि २० लिग क्रिकेट बिहीबारदेखि शुरु भएपनि सन्दीपको भिसा प्रक्रियाले गर्दा ढिलो गरी जान लागेका हुन्।
मोन्ट्रेयल टाइगर्सको पहिलो खेलमा अनुपस्थीत रहेका सन्दीप दोस्रो खेलमा भने उपस्थीत रहने छन्।
मोन्ट्रेयल टाइगर्सले पहिलो खेल आज राति विनिपेग ह्वाक्ससँग खेल्दैछ । ६ टिम रहेको ग्लोबल लिग क्यानडास्थित टोरोन्टोको मप्ले लिफ क्रिकेट क्लबमा जुन २८ देखि जुलाई १५ सम्म चल्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४