ललितपुर- ललितपुरको कोज्योसोम गाउँपालिका-५ भारदेउमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
लगनखेलबाट यात्रु बोकेर हिडेको बा ४ ख ५३६४ बस लेले-चन्दनपुर सडकखण्डमा शुक्रबार दिउँसो ४:५० बजे स्टेरीङ फेल भएर दुर्घटना भएको महानगरीय प्रहरी वृत चापागाउँका डिएसपी रवीन्द्र रेग्मीले जनाएको छन्।
डिएसपी रेग्मीका अनुसार बस सडकबाट १०० मिटर दायाँतर्फ तल खसेको छ। बसमा सवार ३५ जना मध्ये २३ जना घाइते भएका छन् । उनीहरुलाई आनन्दवन अस्पतालमा उपचार भइरहेको डिएसपी रेग्मीले बताए।
उपचारका लागि पाटन अस्पताल लगिएको एक महिलाको निधन भएको डिएसपी रेग्मीले नेपाल समयलार्इ बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४