शुक्रबार, वैशाख ७, २०८१

आइएमई पे र टुटलवीच सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- टुटलका सेवाग्राहीहरूले आफुले प्रयोग गरेको यात्राको सेवा शूल्क अवदेखि 'आइएमई पे' मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ । टुटल सेवा मार्फत सम्पर्कमा आएका यात्रु एवम् चालकहरुले कुनै पनि आइएमईका व्यावसायिक साझेदार वा 'आइएमई पे' बाट सेवा शूल्क संकलन तथा भुक्तान गर्न सक्नेछन । 

सम्झौता पत्रमा 'आइएमई पे' का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र टुटलका तर्फबाट संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत सिक्षित भट्टले हस्ताक्षर गरेका थिए । 

आइएमई डिजिटल सोलुसन 

१३ हजारभन्दाबढी एजेण्ट आउटलेट संजाल भएको आइएमई पे आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको 'भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२' बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ । 

आईएमई डिजिटलले 'आईएमई पे' ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन्  । 

यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ । 

आईएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिंङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्