मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सनराइज बैंक र पशुपति क्षेत्र विकास कोषबीच काउण्टर सञ्चालन सम्बन्धी सम्झौता 

सनराइज बैंक र पशुपति क्षेत्र विकास कोषबीच काउण्टर सञ्चालन सम्बन्धी सम्झौता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सनराइज बैंक लिमिटेडले आफ्ना सेवा विस्तार गर्ने क्रममा पशुपति क्षेत्र विकास कोष सँग पर्यटक प्रवेश काउण्टर सञ्चालन सम्बन्धी सम्झौता गरेको छ । 

उक्त सम्झौतामा सनराइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य र पशुपति क्षेत्र विकास कोषका तर्फबाट सदस्य सचिव डा. प्रदीप ढकालले हस्ताक्षर गरेका हुन्।
 
सम्झौतासँगै विभिन्न मुलुकहरुबाट पाशुपत क्षेत्रमा भ्रमणका लागि आउने पर्यटकहरुलाई क्रमशः तिलगंगा पर्यटक काउण्टर, वत्सलेश्वरी पर्यटक काउण्टर, महास्नान घर अगाडी रहेको पर्यटक काउण्टर र गुहेश्वरीमा अवस्थित पर्यटक काउण्टर समेत गरी ४ स्थानका पर्यटक प्रवेशद्वारमा पर्यटक प्रवेश काउण्टर राखी टिकट बिक्री गर्नका लागि स्थानहरु उपलब्ध गराईने सम्झौता भएको हो।

कार्यक्रममा बैंक सञ्चालक समितिका सञ्चालकहरु इन्जिनियर बच्छराज तातेड, ज्योति कुमार बेगानी, ओम कृष्ण जोशी तथा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष, परिषद सदस्यहरु, कार्यकारी निर्देशक, बरिष्ठ निर्देशकलगायत उच्च पदाधिकारीहरुको उपस्थिति थियो।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले ८८ वटा शाखा, २२ वटा शाखा रहित बैंकिङ सेवा, ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा एटिएममार्फत आफ्ना ४ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।