शनिबार, वैशाख ८, २०८१

‘संजू’को संवादमा गुनासो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
संजय दत्तको जीवनीमा आधारित फिल्म संजूको एक सम्वादको विषयलाई लिएर अभिनेता रणबीर कपूर र अभिनेत्री अनुष्का शर्मा विरुद्ध महिला आयोगमा उजुरी परेको छ । 

फिल्ममा रणबीर र अनुष्काको एक सीनमा यौनकर्मीका लागि आपत्तिजनक शब्द प्रयोग गरिएको आरोप छ । 

संजूको ट्रेलरको एक सिनमा अनुष्का रणबीरसँग सोध्छिन्, ‘ तिमी आफ्नो श्रीमती बाहेक कति आइमाईसँग सुतेका छौं ?’ यसको जवाफमा भन्छन्, ‘यौन व्यवसायीलाई अलग गर्ने हो भने तीन सय आठ सम्म याद छ । छोड सेफ्टीको लागि ३ सय ५० लेख ।’

गुनासोकर्ताले ‘घपाघप’ जस्तो शब्दमा पनि आपत्ती जनाएका छन् । जुन संवाद विक्की कौशलले परेश घेलानको भूमिकाका क्रममा बोलेका छन् । संजूमा अनुष्का एउटा लेखकको भूमिकामा देखिने छिन् । फिल्म २९ जुनमा रिलिज हुँदैछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्