बिहीबार, वैशाख १३, २०८१

मोही : चिया र चिसोको विकल्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरीः नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य राम धामीलाई गर्मीमा हपहप हुँदा कोकाकोला नै खाने तलतल लाग्थ्यो ।  कोकाकोला नहुँदा स्प्राइट । अझ कहिलेकाहीँ त रेडबुल । तर, आजकल प्राज्ञ धामीको रोजाइ फेरिएको छ । इटहरीका स्थायी बासिन्दा धामीले गर्मीमा पिउने पेय पदार्थको विकल्प खोजेका छन् । उनले मोहीलाई नयाँ पेय पदार्थका रुपमा विकास गरेका छन् । 

आफूले सङ्गीत सिकाउने इटहरी चोकका सङ्गीत साधना प्रतिष्ठान नेपालको कार्यालय छेउमा मोही पाउन थालेपछि धामीको आजकल दैनिक मोही खान्छन् । सस्तो पैसाको स्वस्थ पेस भएकाले कोकाकोलाजन्य पेयको विकल्प मोही रोजेको धामी बताउँछन् । ‘४० तिरेर कोक त खाउन्जेल मात्रै सितह हुने हो खाएपछि उस्तै हो’ धामी भन्छन, ‘तर २० रुपैयाँ प्रति गिलास आउने मोही खाउन्जेल शीतल त हुन्छ नै । खाएपछि पनि शीतल हुन्छ ।’

धामीमात्र होइन इटहरीका बरिष्ठ कवि बद्रि भिखारी र नेकपा सुनसरीका नेता रामप्रसाद चौलागाईको पनि तर्क उस्तै छ । स्वास्थ्यवद्र्धक भएकाले उनीहरुले अहिले चिया र चिसोको तिर्सना मोहीले मेटाउने गरेका छन् । 

कवि भिखारी आजकल इटहरीको सङ्गीत साधना कार्यालय छेउको उज्वल डेरी एण्ड कफी हाउस र सामुदायिक डेण्टल अगाडिको रायमाझी होटेलमा मोही पिउँदै भेटिन्छन् । मोही मोह बारेमा बुझ्दा भिखारी भन्छन, ‘एक त मोही सस्तो भयो, अर्को शीतल पनि भयो र जत्ति मोही खायो त्यत्ति पैसा कुनै बहुराष्ट्रिय कम्पनीमा नगएर नेपाली कृषकहरुकोमा जान्छ ।’

कवि भिखारी मोही र कोकाकोलाको आ-आफ्नै महत्व भए पनि तराईको हपहपि गर्मी भगाउन भने मोहिनै उत्तम हुने बताउँछन् । भन्छन, ‘मोहिमा न फ्याट हुन्छ । न कुनै विशेष रोगले खान नमिल्ने कुनै तत्व हुन्छ । मात्र मोहिमा सितलता हुन्छ ।’

प्राज्ञ धामी र कवि भिखारी जस्तै आजकल गर्मीमा मोही नै खान थालेका नेकपा सुनसरीका प्रभावशाली नेता रामप्रसाद चौलागाई पनि मोही पहिल्यै पनि धेरैले खान चाहेपनि उपलब्ध नभएर नखाएको बताउँछन् । भन्छन, ‘हामीसँग रक्सी, बियर, कोकाकोला, रेडबुल, लिचि तथा बदाम जुस आदि स्वाथ्यमा असर गर्ने पेयहरुको उपलब्धता सहज भएपनि मोही जहाँसुकै पाइँदैन ।’
 
एकै पसलबाट दैनिक तीन सय कप बिक्री

पछिल्लो समयमा इटहरी बजार क्षेत्रका केही होटलहरुले मोही बेच्न थालेपछि मोही मोह बढेको व्यापारीहरूको भनाइ छ । बिहान डेरी र दिउँसो कफी बेच्ने सोचमा खुलेको उज्वल डेरी तथा कफी हाउसमा आजकल कफी भन्दा  धेरै मोहीको माग बढेको सञ्चालक भोजराज प्याकुरेल बताउँछन् ।

शुरुशुरुमा आक्कलझुक्कल मात्रै मोही खान आउनेहरु आजकल धेरै आउन थालेको प्याकुरेल बताउँछन् । भन्छन-‘गर्मी बढेसँगै मोहीको माग बढेको छ । कहिलेकहिले त ५/६ बजे नै मोही सकिन्छ ।’ प्याकुरेलको कफी हाउसका सहयोगी मनिष खतिवडा दैनिक दुई सयदेखि दुई सय ५० कप सम्म मोही बिकेको आफ्नो अनुभव रहेको बताउँछन् । 

उज्वल डेरी एण्ड कफी हाउसमा मात्रै हैन इटहरीको रायमाझी होटेलमा पनि मोहीका माग बढेर गएको सञ्चालक हेमसागर रायमाझी बताउँछन् । रायमाझीका अनुसार पछिल्लो समयमा चिसो र चियाको विकल्पमा मोहीको मोह बढेको छ ।

‘केही महिना अगाडिसम्म मोही माग्दै आउनेहरु हुँदैनथे तर आजकल बढेका छन’, रायमाझी भन्छन, ‘दैनिक २० देखि ५० कप सम्म मोही बिक्री हुन थालेको छ ।’

सडकमा दूध पोख्नु पर्दैन

गर्मीमा इटहरीबजार क्षेत्रमा केही महिना यता मोही कल्चर बढेसँगै यसका पारखिहरु उत्साहित छन् । सस्तो, स्वस्थ्य बद्र्धकमात्र होइन कोकाकोलाकै हाराहारीमा मोही पिउने बढेमा यसले नेपाली कृषकहरूलाई व्यापक फाइदा गर्ने उनीहरूको तर्कछ । नेकपाका नेता रामप्रसाद चौलागाई यो तर्कका समर्थक हुन । 

ठुल्ठुला कलाकार र सेलिब्रेटिहरुले बियर, रेडबुल, कोकाकोला  आदिको विज्ञापन गरेर आम सञ्चारमा प्रचार गरेकाले मोही र स्थानीय जुसको भन्दा तिनीहरूको बजार बढेको चौलागाइ बताउँछन् । भन्छन, ‘हामीले लिचिको फ्लेभरमा आएको लिचि जुसभन्दा हाम्रै आँखा अगाडि पेलेको उखु जुस खाएको राम्रो । हामीले कोकाकोलाको चिसो भन्दा  स्थानीय कृषकले उत्पादन गरेको मोहीको चिसो राम्रो हो ।’ 
 
प्राज्ञ धामी र कवि भिखारी पनि मोहिलाइ हेयको दृष्टिकोणले हेर्नु र बहुराष्ट्रिय पेय पदार्थको अस्वभाविक मोहको अप्रत्यक्ष असर नेपाली कृषकहरूमा परेको तर्क गर्छन् । ‘आज प्रदेश १ मा दूध बिक्री नभएर कृषकले सडकमा फाल्नु परेको छ’, प्राज्ञ धामी भन्छन, ‘तर, यही कोकाकोला जस्तै मोही खाने कल्चर भएको भए कम्तीमा त्यस्तो अवस्था आउने थिएन ।’

कवि भिखारी पनि प्राज्ञ धामीको तर्कमा सही थप्दै भन्छन, ‘पहिले सहरीया चिजहरू प्रिय लागेर गाउँले उत्पादन हेयले हेरियो अब सहर गाउँतिर फर्कदैछ र मोहिले चिसोको विकल्प लिन सक्छ ।’ समाजका स्वास्थ्यमा सचेत सामाजिक व्याक्तित्वहरुले मोही खाने कल्चर विकास गरेको अवस्थामा इटहरीमा जस्तै मोहीको आकर्षण अन्त पनि बढ्ने भिखारी बताउँछन् । उनी भन्छन, ‘आज सबैलाई कुनै न कुनै स्वाथ्य समस्याले सताएकाले पनि मोही सर्वसुलभ विकल्प बन्न सक्छ ।’

मोहीका फाइदै-फाइदा

इटहरी क्षेत्रमा केही महिना यता लोकप्रिय बन्दै गएको मोही सस्तो मात्रै हैन अन्य चियो महसुस गराउने पेयको तुलनामा अत्यन्तै फाइदा हुने खाद्य प्राविधिकहरू बताउँछन् । 

खाद्य प्राविधिक सन्तोष पाण्डे मोही सेवनले शरीरलाई अत्यन्तै फाइदा गर्ने बताउछन । मसलेदार खाना खाँदा पेटमा आउने खराबीलाइ सफा गर्न महत्वपूर्ण हुने मोहीले पाचन प्रकृयामा पनि सहयोग गर्ने खाद्य प्राविधिक पाण्डे बताउँछन् । मोहीमा प्रोटिन, कार्बोहाइड्रेट, इन्जाइम, भिटामिन जस्ता सुक्ष्म पोषक तत्वहरू हुनाले धेरै स्वास्थ्यबद्र्धक हुने पाण्डे बताउँछन् । 

मोहिले शरीरलाई ड्रिहाइड्रेसन र फ्याट बिनाको क्याल्सियम दिने प्राविधिक पाण्डेले बताए । उनले भने, ‘ब्लडप्रेसर घटाउन, कोलेस्ट्रोल घटाउन र पेटको एसिडिटी कम गर्नको लागी अन्य पेस भन्दा गर्मीमा मोही नै उत्तम हो ।’ 

नेपालका खाद्य प्राविधिक सन्तोष पाण्डे मात्रै हैन मोहीको महत्वबारे भारतीय स्वास्थ्य लेखिका मानसी राधाकृष्णानले पनि आफ्ना लेखहरुमा उल्लेख गरेकी छन् । 

स्टाइलक्रेज डटकम नामक एक फिटनेस पोर्टलमा मोहीका २५ फाइदा शीर्षक लामो आलेखमा राधाकृष्णानले लेखेकी छिन, ‘मोही गर्मीमा शीतल दिने स्वस्थ्य पेय हो । यसमा भएको मुख्य तत्व ल्याक्टिड एसिडले ब्याक्टेरिया र रोगहरूसँग लड्दै रोगप्रतिरोधक क्षमता बताउन सक्छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्