बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पदवहाली गर्दै उपसभापति निधिले भने, 'अब चुनावी समीक्षामा अल्झिने होइन'

पदवहाली गर्दै उपसभापति निधिले भने, 'अब चुनावी समीक्षामा अल्झिने होइन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले चुनावमा भोगेको पराजयका विषयमा अब समीक्षा गर्न आवश्यक नभएको बताएका छन् ।

पार्टी कार्यालय सानेपा पुगेर पदभार ग्रहण गर्दे उपसभापति निधिले अब चुनावी समीक्षामा मात्रै अल्झिन नहुने बताएका हुन् । 

उनले भने, 'अहिले चुनावको समीक्षा गर्ने बेला होइन । हेटौंडामा भएको जिल्ला सभापतिहरूको भेलाले यो च्याप्टरलाई क्लोज गरिसक्यो । उनले अब पार्टीमा एकअर्काको आलोचना गर्नेभन्दा संसदमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।'

उपसभापति निधिले अहिले नेतृत्व परिवर्तन गर्न सम्भव नभएको पनि स्पष्ट पारेका छन् । उनले अहिले नेतृत्व परिवर्तन होइन, नेतृत्व विकासतर्फ केन्द्रित हुनुपर्ने बताए ।



उनले भने, 'नेतृत्व विकासका लागि बरु नीतिमा परिवर्तन गरौँ तर अहिले नेतृत्व परिवर्तनको नारा मात्रै लगाएर केही हुनेवाला छैन ।'अर्को प्रसंगमा उपसभापति निधिले कांग्रेसको औचित्य छैन भन्नु नेकपाको सर्वसत्तावाद लाद्ने योजना भएको दाबी गरे ।

उनले नेकपाको नेतृत्वले राजनीतिक सिन्डिकेट खडा गर्न लागिपरेको आरोप लगाए । उनले सार्वजनिक स्थलमा सभा सम्मेलन गर्न रोक्नु अधिनायकवादको अर्को नमूना भएको टिप्पणी गरे ।  उनले कम्युनिस्ट सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।